तनहुँ-१ उपनिर्वाचन : करिब ५२ प्रतिशत मत खस्यो, मतदानमा महिलाको सहभागिता बढि (पालिकासहितको विवरण)

भञ्ज्याङ न्यूज

तनहुँ निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको उपनिर्वाचनमा करिब ५२ प्रतिशत मत खसेको छ । बिहान ७ देखि ५ बजेसम्म भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२ नगरपालिका र ३ गाउँपालिका रहेको यस निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि ६९ मतदान स्थलमा १५२ मतदान केन्द्र कायम गरिएको थियो । निर्वाचन सम्पन्नका लागि एक हजार ३६८ कर्मचारी परिचालन गरिएको थियो ।

उपनिर्वाचनका लागि यस निर्वाचन क्षेत्रमा महिलातर्फ६३ हजार ७६५ र पुरुषतर्फ ५९ हजार ५४० गरी कूल १ लाख २३ हजार ३०५ जना मतदाता कायम रहेकामा ६३ हजार ७५७ जना मतदान कार्यमा सहभागि भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले प्रारम्भिक विवरण र्सार्वजनिक गरेको छ ।

र्सार्वजनिक विवरण अनुसार उपनिर्वाचनमा ५१ दशमलव ७१ प्रतिशत मत खसेको छ । गत मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा क्षेत्र नं १ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको थियो ।

र्सार्वजनिक प्रारम्भिक विवरण अनुसार उपनिर्वाचनका लागि आँवुखैरेनी गाउँपालिकाका १३ हजार ६२२ मतदाता मध्ये २ हजार ४६० महिला र ३ हजार ३०९ जना पुरुष गरी ६ हजार ७६९ जनाले मतदान गरेका छन् ।

देवघाट गाउँपालिकाका १२ हजार ७१२ मतदाता मध्ये २ हजार ८९७ महिला र २ हजार ९५७ पुरुष गरी ५ हजार ८५४ जना मतदाताले मतदान गरेका छन् ।

बन्दिपुर गाउँपालिकाका १५ हजार ६७८ मतदाता मध्ये ४ हजार १३० जना महिला र ३ हजार ७ सय पुरुष गरी ७ हजार ८३० जनाले मतदान गरेका छन् ।

यस्तै, भानु नगरपालिकाका ४० हजार ४४९ जना मतदाता मध्ये ११ हजार २६२ महिला र ९ हजार ६१७ पुरुष गरी २० हजार ८७९ जना मतदानमा सहभागि भएका छन् ।

व्यास नगरपालिकाका ४० हजार ४४९ जना मतदाता मध्ये १२ हजार ३१८ महिला र १० हजार १०७ पुरुष गरी २२ हजार ४२५ जनाले मतदान गरेको प्रारम्भिक विवरण र्सार्वजनिक गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार तनहुँ-१ मा सम्पन्न उपनिर्वाचनमा कायम रहेका १ हजार २३ हजार ३०५ मतदाता मध्ये ३४ हजार ६७ जना महिला र २९ हजार ६९० पुरुष गरी ६३ हजार ७५७ जनाले मतदान कार्यमा सहभागि भएका छन् ।

यस्तै, तनहुँ-१ मा सम्पन्न उपनिर्वाचन शान्तिपूर्ण र उल्लासमय वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौडेलले बताए । मतदानको समय अवधिभर मतदान स्थलहरुमा कुनै प्रकारको होहल्ला नभएको र सौहार्दपूर्ण वातावरणमा मतदाताहरु उत्साहपूर्वक रुपमा सहभागि भइ आफ्नो मताधिकार प्रयोग गरेको प्रवक्ता पौडेलले बताए ।

यस्तै, मतदान कार्य सम्पन्न पश्चात मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपुर्‍याइएको मतपेटिका सुरक्षित रुपमा राखिएको छ । मतगणना गर्ने बारे र्सवदलीय बैठक आव्हान गरी सम्भवता आजबाटै मतगणना गर्ने गरी तयारी भएको प्रवक्ता पौडेलले बताएका छन् ।

मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन -मतगणना) निर्देशिका, २०७९ र मतगणनाबारे आज आयोगले दिएको विशेष निर्देशनबमोजिम दल तथा उम्मेदवारसँग सहमति जुर्टाई यही वैशाख १२ गतेभित्र परिणाम र्सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गरिनेछ ।

निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था सृजना भएमा निर्वाचन विवाद (सुनुवाइ र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी कार्य गर्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको आयोगका उपसचिव कमल ज्ञवालीले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker