सांसद डा. वाग्लेको सार्वजनिक सुनुवाई : सुशासन र समृद्धिको प्रतिवद्धता

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ निर्वाचन क्षेत्र नं. १ संघीय सांसद डा. स्वर्णिम वाग्लेले सार्वजनिक सुनवाई गरेका छन् । सांसदमा निर्वाचित भएपछि वाग्लेले निर्वाचन क्षेत्रमा हालसम्म आफुले गरेका काम र भावि योजनाका विषय जानकारी गराएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख, जनतासंग प्रत्यक्ष सरोकार राख्ने विषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा दमौलीमा आइतबार आयोजित सार्वजनिक सुनवाईमा सांसद् डा. वाग्लेले आफ्नो पहिलो मुद्दा सुशासन र समृद्धि रहेको बताएका छन् ।

आफु निर्वाचित भएपछि सम्पादन गरेका काम र भावि योजना र सम्भावनका विषयमा जानकारी गराउँदै जनताको समस्या र गुनासाहरू सुन्ने अभिप्रायले सार्वजनिक सुनुवाइ गरिएको बताउँदै उनले तनहुँका जनताको सिर निहुरिने गरी केही काम नगर्ने र यहाँका हरेक समस्या र सम्भावनासंग आफु जानकार रहेको बताए ।

सार्वजनिक सुनवाईमा सहभागिहरुले गरेका प्रश्न र व्यक्त जिज्ञासाको सहजिकरण गर्दै कृषि, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, सडक, खानेपानी, विद्युत, सिंचाई, तटबन्ध, पर्यटन, स्वाच्छ उर्जा, पशुपालन, साँस्कृतिक सम्पदा संरक्षण तथा प्रवर्द्धन लगायतका विषयलाई जनताको सहज पहुँचमा पुर्‍याउन आफु दिनरात लागिपर्ने प्रतिवद्धता जनाए ।

शिक्षाको विकासको लागि शिक्षा विधेयकलाई पूर्णता दिने बारेमा संघीय संसदमा आफुले रचनात्मक सुझाव दिँदै आएको बताउँदै उनले तनहुँमा शिक्षाको विकासकालागि हार्डवयेर भन्दा सफ्टवयेरमा जोड दिनु पर्ने बताए । युनाइटेड वर्ल्ड स्कुलको कार्यक्रम मार्फत पहिलो चरणमा तनहुँका १५ वटा विद्यालयमा र कम्तिमा ४० वटा विद्यालयमा नमुना कार्यक्रम सञ्चालन गर्न सहकार्य गरिने उनले बताए ।

सरकार तथा विभिन्न दातृ निकायको समन्ववमा बन्दीपुरमा राष्ट्रिय स्तरको शिक्षक तालिम केन्द्र सञ्चालन गर्ने बारेमा आफुहले पहल गरिरहेको बताउँदै सांसद डा. वाग्लेले भने, ‘स्वास्थ्य र पोषण तर्फ धुलिखेल अस्पतालको मोडल अनुसार भानु नगरपालिकाको भन्सार क्षेत्रमा अत्याधुनिक अस्पताल सञ्चालन गर्ने बारेमा छलफल भईरहेको छ । मर्स्याङदी करिडोर क्षेत्रमा अत्याधुनिक अस्पताल खोल्ने बारेमा धुलिखेल अस्पतालको टोलीलाई ल्याएर स्थलगत अध्ययन पनि भईसकेको छ ।’

यस्तै, बुद्धसिंह मार्गको घुमाउनेमा पुल निर्माणमा भईरहेको ढिलाइ प्रति गम्भिर ध्यानाकर्षण भएको बताउँदै सांसद डा. वाग्लेले निर्माण कम्पनीका प्रतिनिधि र सडक विभागका प्रतिनिधिसँग पटक-पटक छलफल गरी आवश्यक प्रक्रिया अगाडि बढाउँन पहल भइरहेको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker