तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष श्रेष्ठविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता

दमौली । तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । जग्गा विवादमा एक व्यक्तिलाई कुटपिट गरेको आरोपमा अध्यक्ष विरुद्ध जाहेरी दर्ता भएको बताइएको छ । गाउँपालिका अध्यक्ष श्रेष्ठले घरमा बोलाएर स्थानीय ५७ वर्षीय प्रभात आलेलाई कुटपिट गरेको आरोप छ ।

भिमादको मालेबगारमा गाउँपालिका अध्यक्ष श्रेष्ठले आले परिवारको जग्गा खरिद गरेका थिए । त्यो जग्गाको विषयमा उनीहरुबीच ७÷८ वर्षदेखि विवाद रहदै आएको बताइएको छ ।

अध्यक्ष श्रेष्ठले सहमति गर्न बोलाएर आफूलाई एक्कासी कुटपिट गरेर ज्यान मार्न खोजेको भन्दै आलेले प्रहरीमा उजुरी दिएको र उक्त जाहेरी दर्ता भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख इन्सपेक्टर पोषण थापाले जानकारी गराए ।

‘जाहेरी दर्ता भएको छ । सुरूको ठाडो उजुरीमा कुटपिट भएकाले क्षतिपूर्ति भराइ पाउँ भन्ने थियो । पछि ज्यान मार्ने उद्योगमा हुलाकमार्फत जाहेरी प्राप्त भयो र दर्ता भयो’, इन्स्पेक्टर थापाले भने , ‘त्यसबारे अध्ययन भइरहेको छ ।’

‘घाउको परीक्षण, घटनाको प्रकृतिबारे अनुसन्धान भइरहेको छ’, इन्सपेक्टर थापाले भने, ‘यो मुद्दालाई कसरी अगाडि बढाउने भनेर हिजोमात्र पनि सरकारी वकिलको कार्यालयमा छलफल भएको छ । अनुसन्धान जारी छ ।’

पीडित भनिएका प्रभात आले र पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ दुबै सम्पर्कमै रहेको इन्स्पेक्टर थापाले बताए ।

प्रभात आले २०१५ सालमा तनहुँबाट कांग्रेस सांसद बनेका पदमबहादुरका छोरा तथा गण्डकी प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका सांसद जीतप्रकाश आलेका भाइ हुन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker