मल्ल प्रतिष्ठानद्वारा गोरखा र तनहुँमा स्वास्थ्य सामाग्रि वितरण

भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

रामयुग मल्ल प्रतिष्ठानले तनहुँ र गोरखाका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्रि वितरण गरेको छ । ‘सेवा नै धर्म’ भन्ने मूल उक्तिबाट प्रेरित सामाजिक संस्था प्रतिष्ठानले कोभिड महामारीबाट आक्रान्त संक्रमितहरुको उपचार तथा संक्रमण रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रि वितरण गरेको हो।

प्रतिष्ठानले गोरखा जिल्लाको पालुङ्टार-८ स्थित धुँवाकोट स्वास्थ्य चौकी, शहिद लखन गाउँपालिका-२ र ३ स्थित क्रमशः मनकामना सामुदायिक स्वास्थ केन्द्र, मैदान र मनकामना स्वास्थ्य चौकी, सिलिङ र तनहुँको आँबुखैरेनी गाउँपालिका-३ स्थित आँबुखैरेनी स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य तथा अन्य अत्यावश्यक सामाग्रीहरु हस्तान्तरण गरेको बताइएको छ ।

कोभिड बिरुद्ध हातेमालो अभियान अन्तर्गत गोदरेज रेफ्रिजेरेटर, इलेक्टि्रक सक्सन युनिट, अटोक्लेप युनिट, नेबुलाइजर मेसिन, ओ.टि.लाइट, हेल्थ डस्टविन, हृयककाण्ड स्यानिटाइजर, सर्जिकल मास्क, हृयान्ड ग्लोब्स, अफिसियलभित्ते घडी लगायतका सामाग्रि प्रतिष्ठानका संस्थापक महासचिव निजानन्द मल्ल, महासचिव बिपिन मल्ल, सल्लाहकार भगवान दास मल्ल लगायतको सम्बन्धित पालिका तथा स्वास्थ्य संस्थाका प्रमुखहरुलाई हस्तान्तरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker