आर्थिक वर्ष २०७९।०८० का लागि म्याग्दे गाँउपालिकाको वजेट ७३ करोड प्रस्तुत

भञ्ज्याङसमाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाँउपालिकाको आर्थिक वर्ष २०७९।०८० को वजेट ७३ करोड २६ लाख ९५ हजार ३६५ रुपैया अनुमानित बजेट सार्वजनिक गरेको छ । गाँउपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको गाँउसभामा गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेवाट सो वजेट सार्वजनिक गरेका हुन ।

वजेटमा पुर्वाधार विकास तर्फ पुजीगत खर्च तर्फ १५ करोड ९२ लाख, २९ हजार ६ सय ७५ र चालु खर्च तर्फ ५७ लाख ३९ हजार ६ सय ९० गरि जम्मा १६ करोड ४९ लाख ६९ हजार ३ सय ६५ रुपैया प्रस्ताव गरिएको छ । यसैगरि आर्थिक विकास समिती अन्तर्गत पुँजीगत तर्फ ३ करोड २३ लाख ८० हजार र चालु तर्फ २ करोड २८ लाख २० हजार गरि जम्मा ५ करोड ५२ लाख प्रस्ताव गरिएको छ ।

समाजिक विकास समिती अन्तर्गत पुजीगत खर्च तर्फ ७ करोड ७४ लाख र चालु तर्फ ३० करोड ५५ लाख ७६ हजार गरि जम्मा रु ३८ करोड २९ लाख ७६ हजार विनियोजन गरिएको छ । यसैगरि सुशासन तथा संस्थागत विकास तर्फ खर्च गर्ने गरि ७ करोड ४ लाख ५० हजार र पुजिगत तर्फ रु ४१ लाख गरि ७ करोड ४५ लाख ५० हजार रुपैया प्रस्ताव गरिएको छ । यसैगरि वन, वातावरण तथा विपद व्यवस्थापन अन्तर्गत चालु तर्फ १० लाख र पुजीगत तर्फ ४० लाख गरि जम्मा ५० लाख प्रस्ताव गरिएको छ ।

यसैगरि अनुमानित कुल आय तर्फवाट वित्तिय समानीकरणको संघिय सरकारवाट १० करोड ९२ लाख, सशर्त अनुदान चालु रकम संघिय सरकारवाट १४ करोड ८७ लाख, सशर्त अनुदान पजिगत वाट १ करोड ८४ लाख, राजश्व वाँडफाँड रकम वाट ८ करोड ४९ लाख ६७ हजार, विशेष अनुदान चालु रकम संघिय सरकारवाट २ करोड, समपुरक अनुदान रकम संघिय सरकारवाट २ करोड ९० लाख, वित्तिय समानिकरण रकम प्रदेश सरकारवाट १ करोड २१ लाख २३ हजार, राजश्व वाँडफाँड रकम प्रदेश सरकारवाट ५४ लाख ९ हजार आय हुने प्रक्षेपण गरिएको छ ।

प्रस्तावित वजेट अनुसार सशर्त अनुदान रकम प्रदेश सरकारवाट ५० लाख, समपुरक अनुदान रकम प्रदेशवाट ५० लाख, आन्तरिक आय गाउँपालिका वाट ६ करोड ८ लाख ३० हजार ६ सय ७५, आन्तरिक सर्ने अल्यावाट ४ करोड ६९ लाख १५ हजार ६ सय नव्वे, ०७८।०७९ को अल्या कोभिड कोष वाट १० लाख, समाजिक सुरक्षा अनुमान वाट १३ करोड ६० लाख, लागत साझेदारीमा नागरिक वाट जम्मा हुने जनसहभागित रकम वाट १ करोड ५० लाख, गैसस वाट परिचालन हुने १० लाख, कृषि भिसिडीपि कार्यक्रमवाट १० लाख, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ६० लाख पचास हजार, सडक वोर्ड आय संघिय सरकार मार्फत २१ लाख, मालपोतको वाँडफाँड हुने रजिष्टेशन दस्तुर तनहुँ मालपोत वाट २ करोड, शुक्लागण्डकी नपावाट पुल निर्माणका लागी प्राप्त हुने २० लाख गरि कुल ७३ करोड २६ लाख पन्चानव्वे हजार ३ सय पैसट्टी रुपैया प्रस्ताव गरिएको छ ।
सो प्रस्तावमाथी दफावार छलफलका लागी असार १६ गते वैठक वोलाईएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker