नेकपा एस निकट मुस्लिम इत्तेहाद संगठनमा तनहुँका सात जना
भञ्ज्याङ समाचारदाता/दमौली
नेकपा एकीकृत समाजवादी निकट मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय समितिमा तनहुँबाट सात जना चयन भएका छन् । काठमाडौमा सम्पन्न भएको संगठनको घोषणासभाबाट केन्द्रीय समितिमा तनहुँका सात जनाले चयन गरिएको हो । प्रतिनिधि सभा सदस्य कलिला खानले केन्द्रीय उपाध्यक्ष एवं गण्डकी इन्चार्जको जिम्मेवारी पाएकी छन् ।
यस्तै केन्द्रीय सदस्यमा सिद्धिक मिया, हाजी अकबर अली, शाहजहा बेगम, समिम मिया, मुन्ना मिया र जुलेखा खातुन चयन भएका छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले संगठनको २५१ सदस्यीय समिति घोषणा गरेका थिए ।










