तनहुँ पहिरो अपडेटः एक जनाको शव भेटियो

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित काउरेको पहिरोमा परी बेपत्ता एक जनाको शव भेटिएको छ ।
मनसुन सक्रिय भएसंगै शुक्रबार दिउसोदेखि परेको अविरल झरीका कारण शनिबार दिउँसो हिरा नेपालीको घरमाथीबाट आएको पहिरोमा परी हिरा सहित ३ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये ४० वर्षीया हिरा नेपालीको शव आज साझ फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अपिल बोहोराले बताए ।
बेपत्ता दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त पहिरोमा परी ४ जना घाइते भएका थिए । उनीहरुको अवस्था सामान्य रहेको छ ।










