तनहुँको शुक्लागण्डकी -३ मा जीप दुर्घटना हुँदा नौ घाइते

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको शुक्लागण्डकी नगरपालिका-३ कार्कीडाँडास्थित भित्री कच्ची सडकमा मंगलबार दिउँसो भएको जीप दुर्घटनामा नौ जना घाइते भएका छन् । हटियाबाट दुलेगौडातर्फ आउँदै गरेको ग२च ४०३४ नम्बरको जीप ब्रेक फेल भई नालीमा पल्टिँदा जीपमा सवार ९ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये छ जनालाई पोखरा पठाइएको छ भने तीन जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

भिमकाली मोटरमार्ग १० दिन बन्द

यस्तै, तनहुँको भिमाद नगरपालिका अन्तर्गत भिमकाली मोटरमार्ग १० दिन बन्द हुने भएको छ । उक्त मोटरमार्गको जिदीखोला-वंशान खण्डको शेरा उकालोमा सडक ढलान तथा कटिङ गरी बाटो फराकिलो बनाउन उक्त मोटरमार्ग साउन २० गतेदेखि २९ गतेसम्म बन्द गर्न लागिएको हो । बाटो बन्द हुने भएपछि नगरपालिकाले वैकल्पिक मार्गको रूपमा भिमाद जलौदी हुँदै सम्धी मार्गबाट आवतजावत गर्ने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत थमनसिं थापाले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker