महिला दिवसका अवसरमा ऋषिङमा वक्तृत्वकला प्रतियोगिता (फोटोफिचर सहित)

भञ्ज्याङ न्यूज

१११औं अन्तर्राष्ट्रिय महिला दिवस तनहुँको ऋषिङ्ग गाउँ कार्यपालिकाले विविध कार्यक्रम गरी मनाएको छ । दिवसकै अबसरमा आयोजित खुल्ला महिला वक्तृत्वकला प्रतियोगितामा ऋषिङ्ग-१ निवासी अनिशा थापा प्रथम भएकी छन् ।

उक्त प्रतियोगितामा ऋषिङ्ग-४ निवासी सविना थापा द्वितीय, ऋषिङ्ग-८ निवासी दिपिका श्रेष्ठ तृतीय र ऋषिङ्ग-४ निवासी नरी माया रानाभाट सान्तवना हुन सफल भएका छन् । प्रथम, द्वितीय, तृतीय र सान्तवना हुनेलाई प्रमाण पत्र सहित क्रमशः नगद १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँद्वारा पुरस्कृत गरिएको छ ।
दिवसकै अबसरमा ऋषिङ्ग गाउँ पालिका गाउँ परिसरमा सचेतना मुलक र्‍याली निकालेको थियो। उक्त र्‍याली ऋषिङ्ग-८ हवेली डाँडादेखि सुरू भइ मिलन चोक, नाल थोक, पुरान् थोक, चन्दने, आमथोक हुँदै गाउँकार्यपालिकाको कार्यालय पुगि सभामा परिणत भएको थियो । सभाको सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले महिला हक र हितका लागि गाउँपालिकाले आवश्यक कदम चालिरहेको बताए ।
गाउँपालिकाका उपाध्यक्ष गिनु माया थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेल, न्यायिक समिति सदस्य भारत कुमार श्रेष्ठ, कार्यपालिका सदस्य यमुना श्रेष्ठ, महिला विकास निरिक्षक ज्ञानु पौडेल, बसन्ती थापा लगायतले महिला दिवसको महत्वका विषयमा चर्चा गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker