आँबुखैरेनी-६ को कार्यालय भवन शिलान्यास
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ६ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । हिलेखर्कमा बुधबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले वडा कार्यालय भवनको शिलान्यास गरेका हुन् ।
वडा कार्यालय भवनको शिलान्यास गर्दै अध्यक्ष थापाले अब आँबुखैरेनी गाउँपालिकाका सबै वडाहरुले नयाँ कार्यालय भवन पाउने बताए। यस्तै सभाहल सहित दुइ तलाको बन्ने वडा कार्यालय भवनको लागत भ्याट सहित ७३ लाख ५४ हजार १ सय ५९ रुपैयाँ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी गराए ।
अधिकृत पोखरेलका अनुसार भवन निर्माणको काम मनोकामना गुरुङ निर्माण सेवा आँबुखैरेनीले जिम्मेवारी पाएको छ भने कम्पनीले २०७९ असार १५ गतेसम्ममा भवन निर्माण गरिसक्नेपर्ने छ ।










