तनहुँमा एक साता लम्बियो निषेधाज्ञा : के के खुल्छन्/बन्द हुन्छन् ? : निर्देशन सहित

भञ्ज्याङ न्यूज

कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि भन्दै गत वैशाख २३ गतेबाट जारी गरिएको नेषिधाज्ञा पुनः एक हप्ता लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले असार ७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको हो ।

पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि सोमबारबाट सकिंदै छ । निषेधाज्ञालाई केही खुकुलो बनाउँदै एक हप्ता लम्बाइएको प्रमुख जिल्ला अधिकारी सागार आचार्यले जानकारी गराए ।

के के सञ्चालन गर्न पाइन्छ ?

प्रजिअ आचार्यको अध्यक्षतामा आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले गरेको सिफारिसका आधारमा अब बैंक तथा वित्तिय संस्था विहान १० देखि दिउँसो एक बजेसम्म खुल्न दिने निर्णय गरिएको छ। तर अति आवश्यक परेकालाई मात्र सेवा उपलब्ध गराइने सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए ।

यस्तै, निषेधाज्ञाको अबधिमा अत्यावश्यक सेवाहरुसंगै खाद्यान्न, तरकारी, फलफूल, दुध र दुग्धजन्य पदार्थ, माछामासु, अण्डा, दाना, पशुपंक्षीको उत्पादन र बिक्री वितरण, निर्माण सामाग्रि पसल सञ्चालन, सवारी साधान र मोबाईल मर्मत सेवा बिहान ५ देखि १० बजेसम्म खुल्ला गर्न दिइने भएको छ ।के के सञ्चालन गर्न पाइदैन ?

बैठकले यी बाहेक अन्य सबै क्षेत्र बन्द गर्न निर्देशान गरेको छ । जिल्ला भित्र र बाहिर चल्ने निजी सार्वजनिक सवारी साधानहरु अनुमति बेगर सञ्चालनमा रोक लगाइएको छ । उत्पादन र र्सार्वजनिक निर्माण कार्यमा खटिने जनशक्तिलाई निर्माण व्यवसायीको तर्फाट निर्माण स्थलमा नै खाने बस्ने प्रवबन्ध गरी स्वास्थ्य तथा सुरक्षाको सबै मापदण्डको पूर्ण पालना गर्ने गरी सञ्चालन दिने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker