दमौलीमा खसी भनेर बाख्रीको मासु बेच्ने दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले खसी भनेर बाख्रीको मासु बेच्ने दुई जनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी घर भई हाल तनहुँको व्यास नगरपालिका–५ चापाघाट बस्ने १९ वर्षीय इस्तखास आलम र सोही ठाउँ बस्ने ४० वर्षीय सनोज देवान रहेको प्रहरीले जनाएको छ ।

व्यास नगरपालिका–३ तरकारी लाइनमा सञ्चालित महम्मद फिरोज मासु पसलमा अनुगमनका क्रममा उनीहरुलाई खसी भनेर बाख्री काट्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

प्रहरीले पसल सञ्चालक आलम र बाख्री काट्दै गरेका देवानलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय तनहुँबाट कालोबजार तथा केही अन्य सामाजिक अपराध सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरेको छ ।

तनहुँ मासु व्यवसायी सङ्घमा दर्ता रही सञ्चालन भइरहेका मासु पसलको गुणस्तर मापन गर्ने उद्धेश्यले जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रहरी कार्यालय, व्यास नगरपालिका, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र गुणस्तर तथा नापतौल कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker