व्यवसायिक बंगुर पालनका लागि गाउँपालिकले गर्यो कृषकसंग अन्तरक्रिय

तनहुँको देवघाट गाउँपालिका वडा नं. २ खाल्टेका कृषकहरुलाई लक्षित गरी व्यवसायिक रुपमा बंगुर पालन सम्बन्धी अन्तरक्रिया गरिएके छ । ‘हामी किसानले नगरे कसले गर्ने आज नगरे कहिले गर्ने’ भन्ने नारा सहित कृषि तथा बंगुर पालन व्यवसायमा किसानलाई आत्मानिभर बनाउने उद्देश्य सहित उक्त अन्तरक्रिया गरिएके हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष दर्ुगा बहादुर थापाले गाउँपालिकालाई कृषि तथा पशुपलनमा आत्मनिर्भर बनाउने लक्ष्य र योजनाका साथ अगाडि बढेको बताए । उनले गाउँपालिकाले बनाएको योजना र लिएको लक्ष्य पुरा गर्न कृषकहरु नै जागरुक हुनुपर्ने बताए । कृषकहरु व्यवसायिक रुपमा कृषि तथा पशुपालना गर्न चाहेमा गाउँपालिकाले अनुदान, विऊविजनका र्सार्थ आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने अध्यक्ष थापले जानकारी गराए ।
कार्यक्रमा पाथिभरा पशुपालन तथा दाना उत्पादन केन्द्रका संचालक एवं भरतपुर-६ चितवनका वडा अध्यक्ष नरेन्द्र कन्दङ्वा -लिम्बु)ले आफ्नो संस्थाले हाम्रो गाउँघरमा कमजोर अर्थिक अवस्था भएका कृषकहरुलाई बंगुर पालन सम्बन्धी तालिम दिने र पहिलो पटक बुगुरका बच्चाहरु अनुदानको रुपमा व्यवस्थापन गर्ने जानकारी गराए । यस्तै, बंगुर फरम निर्माण तथा व्यवस्थापनको पाटोमा पनि संस्थाले अवश्यक समन्वय र सहयोग गर्ने उनले बताए ।
आदर्श टोल बिकाश समिति देवघाट-२ खाल्टेका अध्यक्ष सुक बहादुर रानाभाट, जलदेवी टोल बिकास खाल्टेका अध्यक्ष थाम मल्ल, पर्ूज वडाअध्यक्ष नर बहादुर सिह, देवघाट-१ आपटार बंगुर पालन फरमका संचालिका कबिता आले मगर, बुलिङ्गटार गाउपालिका-३ ढाडबेसी-नवलपरासी बंगुर पालन फरमका संचालक बिनोद खण्डलुक, कुलेटर बंगुर फरमका संचालक सारु माइला लगायतले बंगुर पालन व्यवसायका विषयमा आफ्ना धारण व्यक्त गरेको थिए ।