पत्रकार महासंघ तनहुँका सदस्य पौडेललाई पत्नीवियोग
भञ्ज्याङ न्यूज

नेपाल पत्रकार महासंघ तनहुँका साधारण सदस्य तथा तनहुँ उद्घोष दैनिकका व्यवस्थापक सुर्यभक्त पौडेललाई पत्नीवियोग परेको छ । महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलकी भाउजु व्यास-१० निवासी अप्सरा भण्डारी पौडेल गत सोमबार सडक दुर्घटनामा परी गम्भिर घाइते भएकी थिइन् ।
शुक्लागण्डकी नगरपालिका स्थित जीपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा कार्यरत भण्डारी व्यास-५ स्थित चापाघाटमा भएको बस दुर्घटनामा परेकी थिइन् ।
राजधानीको ग्राण्डी अस्पतालमा उपचाररत उनको शनिबार निधन भएको पारिवारिक श्रोतले जनाएको छ । पोखराबाट दमौलीतर्फआइरहेको ग१ख ४२१५ नम्बरको यात्रुवाहक बस सडकबाट तल खस्दा च्यापिएकी थिइन् । भण्डारी उपचार केन्द्रमा नाइट डियूटि सकेर घर र्फकने क्रममा उक्त दुर्घटनामा परेकी हुन् ।
पोखराको मेट्रो सिटी अस्पतालमा उपचार हुन नसकेपछि उनलाई परिवारले एयर डाइनेष्टीको हेलिकोप्टर मार्फ काठमाडौं लगेकामा उपचारका क्रममा उनको निधन भएको बताइएको छ । शरिरको तलो भागमा गम्भिर चोट लागेको भन्दै चिकित्सकले उनको शल्यक्रिया गरेका थिए ।










