धादिङ बस दुर्घटना : तनहुँका ५ जनासहित मृतक १९ जनाकै पहिचान खुल्यो

  • धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ मा भएको बस दुर्घटनामा मृत्यु भएका १९ जनाको पहिचान खुलेको छ।
  • दुर्घटनामा १९ जनाको मृत्यु हुनुका साथै २६ जना घाइते भएका छन्, जसको विभिन्न अस्पतालमा उपचार भइरहेको छ

धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौंदीस्थित भैंसेगौंडामा भएको बस दुर्घटनामा परेका १९ जनाकै पहिचान खुलेको छ । पोखराबाट काठमाडौं आउँदै गरेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग२ख बस सोमाबार बिहान धादिङमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने घाइते २६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सनाखत भएका मृतकहरुको विवरण:

१. स्टेवार्ट डोमिनिक इथान, २४ वर्षीय बेलायती नागरिक

२. जिल्ला कास्की, पोखरा महानगरपालिका-३० बस्ने वर्ष अन्दाजी ४० वर्षीय विवेक बस्तोला

३. जिल्ला स्याङ्जा, वालिङ १४ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-६ बस्ने ६३ वर्षीय चन्द्रबहादुर कुँवर

४. जिल्ला तनहुँ, व्यास गाउँपालिका-४ बस्ने अन्दाजी ४० वर्षीय ओमकुमार मल्ल

५. जिल्ला धादिङ, साबिक सल्यानकोट-८ हाल त्रिपुरासुन्दरी गाउँपालिका-४ बस्ने अन्दाजी ३० वर्षीय इन्जिनियर ठकुरी

६. जिल्ला तनहुँ, शुक्ला गण्डकी गाउँपालिका-७, मालेबगर बस्ने अन्दाजी ५५ वर्षीय विष्णुमाया ढकाल

७. जिल्ला काठमाडौं काठमाडौं महानगरपालिका-६, बौद्ध टुसाल बस्ने अन्दाजी ४२ वर्षीय लोप्साङ गोले

८. जिल्ला तनहुँ, भिमान नगरपालिका-६ बस्ने अन्दाजी ४६ वर्षीय हरिप्रसाद सिग्देल

९. जिल्ला पाल्पा, तानसेन नगरपालिका-२ बस्ने अन्दाजी ५५ वर्षीय नवीन्द्र श्रेष्ठ

१०. जिल्ला तनहुँ, शुक्लागण्डकी गाउँपालिका-७ बस्ने ६३ वर्षीय रुद्रप्रसाद ढकाल

११. जिल्ला तनहुँ, शुक्लागण्डकी गाउँपालिका-२ बस्ने २० वर्षीया अर्चना पौडेल

१२. जिल्ला कास्की, पोखरा महानगरपालिका-१४, चाउथे बस्ने २१ वर्षीया अञ्जली क्षेत्री

१३. जिल्ला कास्की, माछापुच्छरे गाउँपालिका-३ बस्ने २१ वर्षीय रोहित नेपाली

१४. जिल्ला स्याङजा, पुतलिबजार नगरपालिका-६ बस्ने ४५ वर्षीय धनश्याम सुवेदी

१५. जिल्ला काठमाण्डौं, काठमाण्डौं महानगरपालिका-३२ बुद्धनगर बस्ने ३३ वर्षीया अनिशा महर्जन

१६. जिल्ला मोरङ, उर्लाबारी-१ स्थायी ठेगाना भएकी २७ वर्षीया हीरा चौधरी

१७. जिल्ला कास्की, पोखरा महानगरपालिका-१९ बस्ने २६ वर्षीय सुजित नेपाली

१८. देश भारत, उत्तर प्रदेश प्रान्त, बसहरी बहराईच घर भएका ३२ वर्षीय मनिष शुक्ला, पुरुष (भारतिय नागरिक)

१९. चाङ चुङचङ, ४० वर्षीया चिनिँया नागरिक

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker