भिमादको कुलुङखोलामा पक्की पुल निर्माणले गति लिंदै

दमौली : तनहुँको भिमाद नगरपालिका–१ स्थित कुलुङखोलामा गत असोज तेस्रो सातादेखि निर्माण थालिएको पक्की पुलले गति लिएको छ । दसैँ र तिहारको बिदाका बेला समेत पुलको काम निरन्तर सञ्चालन भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।
गण्डकी प्रदेश सरकारको रु सात करोड ७३ लाख ६४ हजार ३८२ को लागतमा पुल निर्माण अगाडि बढेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रविन्द्र तिवारीले जानकारी दिए ।
उक्त पुल निर्माणका लागि चालु आर्थिक वर्षमा रु दुई करोड १६ लाख ५६ हजार विनियोजन भएको छ । पुल निर्माणका लागि एमएस ज्वालामुखी कन्स्ट्रक्सन धादिङसँग सम्झौता भएको छ । कूल ७४.२० मिटर लम्बाइ रहेको पुल विसं २०८३ असार ९ गते सम्पन्न गर्ने म्याद रहेको छ ।
वडा सदस्य दयाराम श्रेष्ठले भिमकाली मोटरमार्ग निर्माण भएको २५ वर्षपछि यहाँ गण्डकी प्रदेश सरकारको सहयोगमा पक्की पुल निर्माण भइरहेको बताए ।
कुलुङखोलामा पुल नहुँदा सर्वसाधारणले जोखिम मोलेरै खोला वारपार गर्दै आएका छन्। पुल निर्माणपश्चात् सर्वसाधारणलाई सहज रुपमा आवतजावत गर्न सहयोग पुग्ने श्रेष्ठले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker