तनहुँको दमौलीमै महिला बन्दीगृह

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको सदरमुकाम दमौलीमा महिला बन्दीगृह निर्माण गरिएको छ । कारागारको पुराना कार्यालय भवन तथा सुरक्षा ब्यारेकलाई मर्मत र घेराबारा गरी महिला बन्दीगृह निर्माण गरिएको हो । कूल रु ४० लाखको लागतमा २० जना क्षमताको महिला बन्दीगृह निर्माण गरिएको कारागारका जेलर ऋषिराम सुवेदीले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय दमौलीमार्फत रु २० लाख र चालु आर्थिक वर्षमा कारागार व्यवस्थापनबाट रु २० लाख बजेट विनियोजन गरी उक्त भवन निर्माण गरिएको हो । महिला बन्दीगृह निर्माण सम्पन्नपश्चात पोखरा लगायतका लामो दूरीमा महिला कैदीबन्दीलाई पठाउनुपर्ने बाध्यताको अन्त्य हुने कारागार प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालसहितको सुरक्षा निकायको टोलीले केही दिन अनुगमन गरी निर्माण भएको बन्दीगृहमा महिलालाई राख्न उपयुक्त भएको ठहर गरी कारागार विभागलाई पत्राचार गरेको छ । कारागारमा नयाँ भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाइएको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले बताए ।

एन्जल कन्स्ट्रक्सनले महिला बन्दीगृह निर्माण गरेको कारागारले जनाएको छ । पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने म्याद रहे पनि उक्त अवधिमा पूरा नभएकाले फागुन १ गतेदेखि सञ्चालनमा ल्याउने लक्ष्य छ ।

कारागारका अनुसार वार्षिकरूपमा १५ महिलालाई जिल्लामा महिला बन्दीगृह नहुँदा बाहिर पठाउनु पर्ने बाध्यता रहेको बताइएको छ । एक सय १५ जना क्षमताको तनहुँ कारागारमा हाल ‘ए’ ब्लकमा १४५ र ‘बि’ ब्लकमा ११२ गरी २५६ जना कैदीबन्दी रहेका छन् । कोरोना संक्रमण बढेसँगै तनहुँ कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ ।

कारागारमा कोरोना संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै आफन्तसँग भेटघाट बन्द गरिएको हो । संक्रमणबाट सुरक्षित हुन नयाँ कैदीबन्दी र कोरोना लक्षण देखिएका बिरामीलाई कारागारको पुरानो भवनमा अलग्गै राख्ने गरिएको कारागारका सूचना अधिकारी अधिकारीले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker