सत्यवती माविमा नवौं राष्ट्रिय विज्ञान दिवस मनाइयो

भञ्ज्याङ न्यूज

राष्ट्रिय विज्ञान दिवसको अवसरमा सत्यवती माध्यमिक विद्यालय दमौलीमा ‘विज्ञान र प्रविधिको उन्नत विकास, प्रकोप र महामारीबाट सहज निकास’ भन्ने शिर्षमा बक्तृत्वकला प्रतियोगता सहित विविध कार्यक्रमका नवौं राष्ट्रिय विज्ञान दिवस मनाइएको छ। प्रतियोगितामा दिपा विक प्रथम, एलिना वाग्ले द्वितीय र सञ्जु रानाभाटले तृतीय भएकी छन् ।

कार्यक्रममा विद्यालयका विज्ञान समूह कक्षा १२ मा अध्ययनरत छात्रछात्राहरुले विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा नयाँ भर्नाहुने छात्रछात्राहरुलाई विद्यालयमा स्वागत गरेका थिए ।

कक्षा १२ का छात्रा उर्मिला बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रमका व्यास-२ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीराम श्रेष्ठले विज्ञान र प्रविधि विनाको शिक्षा वर्तमान समयमा प्रभावकारी नहुने भन्दै समयानुसार शैक्षिक क्षेत्रमा यसको प्रयोग गर्न आग्रह गरे ।

विद्यार्थीहरु उदित पोख्रेल, रोज महरा र सलिना गहतराजले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा प्रधानाध्यापक इन्द्रप्रसाद पौडेल, व्यवस्थापन समिति सदस्य शुरेस वाग्ले, विज्ञान समूह संयोजक रुपक श्रेष्ठ, शिक्षक सुजन घिमिरे लगायतले विज्ञान र प्रविधिको महत्वको चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker