तनहुँको जिल्ला कारागारमा मा १५ श्ययाको आइसोलेसन कक्ष निर्माण

तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला कारागारमा १५ श्ययाको आइसोलेशन कक्ष निर्माण गरिएको छ । कारागारको पुरानो भवनमा आइसोलेसन कक्ष निर्माण गरिएको कारागार प्रशासनले जनाएको छ ।

कैदीबन्दीमा कोरोना भइहालेमा बाहिर लगेर राख्दा भाग्न सक्ने खतरा रहेकाले कारागारभित्रै आइसोलेसन निर्माण गरिएको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । पुरानो भवनको दुई कोठालाई हालै आइसोलेसन निर्माण गरिएको छ । उहाँले भन्नुभयो, “आइसोलेसन निर्माणपश्चात सुरक्षाका दृष्टिले पनि सहज भएको छ ।”

पच्चीस जना क्षमताको सो कारागारमा हाल १३२ कैदी र ६४ जना थुनुवा गरी १९६ कैदीबन्दी रहेका छन् । कारागार परिसरमा तीन भवन निर्माणपछि कैदीबन्दीलाई सजिलो भएको छ । ठाउँको अभावमा चिसो भूइँमा सुत्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

पुरानो भवनमा १०७ जना र अन्यलाई नयाँ भवनमा स्थानान्तरण गरिएपछि कैदीबन्दीलाई अहिले खाना बस्न, सुत्न र शौचालय प्रयोगमा सहज भएको छ । कारागार परिसरमा निर्माण गरिएको कार्यालय भवन, सुरक्षा ब्यारेक र बन्दीगृह गरी तीन वटा भवन भ्याटबाहेक रु छ करोड ४४ लाखको लागतमा नयाँ भवन निर्माण गरिएको हो ।

नयाँ भवन निर्माणपछि ८० जनाभन्दा बढी कैदीबन्दी राख्न सकिने क्षमताको बन्दीगृह रहेको कारागारका सूचना अधिकारीले जानकारी दिनुभयो । पछिल्लो समय जिल्ला अदालतबाट फैसला भई विभिन्न मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकालाई कारागार पठाउन थालेपछि कैदीबन्दीको सङ्ख्या बढेको हो ।

कारागारमा रहेका कैदीबन्दीमध्ये अधिकांशले मुढा बुनेर मासिक सात हजारदेखि १० हजार रुपैयाँसम्म कमाउने गरेका छन् । बन्दाबन्दीका कारण मुढा बुन्न प्रयोग गरिने सामग्री ढुवानी हुन नसक्दा उनीहरुले मुढा बुन्न पाएका थिएनन् ।

कारागार भवनमा पुस्तकालय, भान्छाघर, डाइनिङ हल, सोलारको उज्यालो, एक गोल घर, चिसो तातो पानीले नुहाउने व्यवस्था, तीन सुरक्षा पोष्टलगायतका व्यवस्था रहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवन गोरखाद्वारा भवन निर्माण गरिएको हो ।

कारागारमा रहेका कैदीबन्दीमध्ये केही दिन अघि पाँच जनामा ज्वरो आउँदा कोभिड–१९ शङ्का लागि परीक्षण गर्दा नेगेटिभ आएलगत्तै त्यसपछि सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताउनुभयो ।

जिल्ला कारागार प्रशासनले निर्माण सम्पन्न नयाँ भवनको दुई कोठालाई क्वारेन्टिन निर्माण गरेको छ । दैनिक नयाँ कैदीबन्दी थपिँदै जान थालेपछि सुरक्षालाई विचार गरी क्वारेन्टिन निर्माण भएको हो । नयाँ आएका कैदीबन्दीलाई १४ दिन क्वारेन्टिनमा राखेर मात्रै प्रवेश गराउन थालिएको सूचना अधिकारीले बताउनुभयो । हाल उक्त क्वारेन्टिनमा आठ जना कैदीबन्दी रहेका छन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker