कांग्रेसको गाउँ/नगर अधिवेशन : तनहुँका १० पालिकामा को को निर्वाचित भए ? व्यासमा हड्खले

भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसको १४औं महाधिवेशन अर्न्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा शनिबारदेखि गाउँ/नगर अधिवेशन शुरु भएको छ । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा शनिबारदेखि गाउँ/नगर अधिवेशन सुरु भएको छ ।

निर्वाचन तालिका अनुसार तनहुँको १० वटा पालिकामा शनिबार गाउँ/नगर अधिवेशन सम्पन्न गरिएको छ । जिल्लाका १० वटा पालिका मध्ये तीन वटा पालिकाका सभापतिहरु र्सवसम्मत चयन गरिएको छ । शुक्लागण्डकी नगर सभापतिमा गोपिबहादुर गुरुङ, देवघाट गाउँ सभापतिमा तीलबहादुर थापा र घिरिङ गाउँ सभापतिमा यमबहादुर थापा र्सवसम्मत चयन भएको तनहुँका पार्टी सचिव विश्व बास्तोलाले जानकारी गराए ।

यस्तै, जिल्लाको बन्दिपुर गाउँपालिका, आँवुखैरेनी गाउँपालिका, भानु नगरपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा भने सभापति तथा अन्य पदका लागि निर्वाचन भएको छ ।

निर्वाचनबाट बन्दिपुर गाउँ सभापतिमा कर्णबहादुर खत्रीले ६७ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी वैंश गुरुङले ४५ मत प्राप्त गरी पराजित भएका छन् । एक मत बदर भएको बताइएको छ । यस्तै, आँवुखैरेनी गाउँ सभापतिमा ५६ मत प्राप्त गरी विष्णु पन्त विजयी भएका छन् भने उनका प्रतिस्पर्धी प्रितम गुरुङले ४९ मत प्राप्त गरेका थिए ।

म्याग्दे गाउँसभापतिमा रामभक्त घिमिरे विजयी भएका छन् । प्रतिस्पर्धी विनोद खनाललाई पराजित गर्दै घिमिरे सभापतिमा विजयी भएका हुन् । सभापति पदमा विजयी घिमिरेले १०९ मत ल्याउँदा प्रतिस्पर्धी खनालले ३९ मत ल्याए । यसैगरी, उपसभापतिमा चिनीमाया थापा र पुष्पराज खनाल विजयी भएका छन् । गाउँ सचिवमा गौरवराज राना र सुन्दरमणि अधिकारी विजयी भएका छन्। गाउँ सहसचिवमा श्रीभद्र आचार्य र सुरज थापा विजयी भएका छन् ।

त्यस्तै, भानु नगरसभापतिमा राम कुमार श्रेष्ठ १३९ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नवीनराज दाहालले १२५ मत प्राप्त गरेका थिए । २७५ कुल मत मध्ये २७१ मत खसेको निर्वाचन समितिले जनाएको छ । नगर उपसभापतिमा राजन श्रेष्ठ १५३ मत र लक्ष्मी श्रीराज भण्डारीले १८० मत प्राप्त गरी विजयी भएका छन् । नगर सचिवमा दिपेन्द्र अधिकारीले १२६, सिताराम बानियाँले १३६ मत प्राप्त गरी विजयी भएका छन् भने नगर सहसचिवमा नवीन रानाभाटले १२६ मत र सुदिप केसीले १५७ मत प्राप्त गरी विजयी भएका छन्।

यस्तै, सबैको चासो र चर्चाको विषय बनेको व्यास नगर सभापतिमा सूर्यचन्द्र हड्खले र डम्बर बहादुर अधिकारी बीच चुनावी प्रतिस्पर्धा भएको छ । यो समाचार तयार पार्दसम्म मत परिणम सार्वजनिक भएको थिएन् । समितिको सहसचिवमा मनबहादुर रुचाल निर्विरोध चयन भएका छन् भने उपसभापति र सचिव पदमा सहमति हुन नसकेपछि निर्वाचन भएको छ । उपसभापति पदमा क्या. सूर्ज कुमार मल्ल, सुजन वाग्ले, सुरेन्द्र पौडेल र शोभा बधु अधिकारी गरी चार जना चुनावी मैदानमा उत्रिएका थिए । नगर सचिवमा खेमराज पोख्रेल, सरोज भण्डारी, सुनिल रिजाल र शुरेस पुरी बीच चुनावी प्रतिस्पर्धा भएको छ ।

क्षेत्रीय प्रतिनिधीमा पदम बहादुर परियार, शोभा लम्साल निर्विरोध चयन भएका छन् । आदिवासी जनजाति महिला नगर सदस्य कमलादेवी र्घर्ती, कृष्णबहादुर दुरा, बिना गुरुङ, बिष्णु माया राना, देवीमाया गुरुङ, लक्ष्मी श्रेष्ठ घर्ती र सलिना घर्ती निर्विरोध चयन भएका छन्। समावेशी मुस्लिम तर्फसर्फुदिन मिया, कार्यसमिति दलित, अन्य नगर सदस्यमा दिलबहादुर बिश्वकर्मा, हरि गहतराज, नगर सदस्य खुल्ला तर्फशान्ता पौडेल, विकास रिजाल, रबि मिश्र र रामजी प्रसाद तिमल्सेना निर्विरोध चयन भएका छन् । समावेशी समानुपातिक तर्फआशामाया कार्की, नविना जिसी, निला घिमिरे र सीता आचार्य निर्विरोध चयन भएका छन् ।

यस्तै, कांग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सुरु हुन सकेको छैन । प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलालीमा क्रियाशील सदस्यता विवरण प्राप्त नहुँदा अधिवेशन प्रक्रिया प्रारम्भ गर्न नसकिएको समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार बसेको बैठकले क्रियाशील सदस्यताको बाँकी विवाद चाँडै टुङ्ग्याएर दशै अघिसम्म सबै जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो। हिमाली जिल्लामा भने मौसमको प्रभावका कारण पूर्वनिर्धारित कार्यतालिका अनुसार जिल्लाका सबै अधिवेशन सम्पन्न गर्ने कांग्रेसले निर्ण्र्ाागरेको छ ।

कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको थियो । पार्टीले यसअघि महाधिवेशन अन्तर्गत गाउँ/नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते तय गरेको थियो। यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० गतेदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म तय गरिएको छ ।

यसैबीच कांग्रेसले पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमितिमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थाअनुसार उक्त तहहरूमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधिमध्येबाट कम्तीमा एक दलित सदस्य र मधेशी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्ति मध्येबाट एक सदस्य थप निर्वाचित हुने व्यवस्था गर्ने निर्णय गरेको छ ।

शुक्रबारको पार्टी पदाधिकारी एवं पूर्वपदाधिकारी सहितको छलफलबाट प्रदेश सभा निर्वाचन क्षेत्रमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्था अनुसार ती तहमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधि मध्येबाट प्रदेश अधिवेशन प्रतिनिधिमा एक दलित र मधेशी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिमध्येबाट एक जना थप निर्वाचित हुने व्यवस्था गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थाअनुसार माथि उल्लेखित तहमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधिमध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा एक दलित र मधेशी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिमध्येबाट एक जना थप निर्वाचित हुने व्यवस्था गरिएको छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन अर्न्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा शनिबारदेखि गाउँ/नगर अधिवेशन शुरु भएको छ । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा शनिबारदेखि गाउँ/नगर अधिवेशन सुरु भएको छ ।

निर्वाचन तालिका अनुसार तनहुँको १० वटा पालिकामा शनिबार गाउँ/नगर अधिवेशन सम्पन्न गरिएको छ । जिल्लाका १० वटा पालिका मध्ये तीन वटा पालिकाका सभापतिहरु र्सवसम्मत चयन गरिएको छ । शुक्लागण्डकी नगर सभापतिमा गोपिबहादुर गुरुङ, देवघाट गाउँ सभापतिमा तीलबहादुर थापा र घिरिङ गाउँ सभापतिमा यमबहादुर थापा र्सवसम्मत चयन भएको तनहुँका पार्टी सचिव विश्व बास्तोलाले जानकारी गराए ।

यस्तै, जिल्लाको बन्दिपुर गाउँपालिका, आँवुखैरेनी गाउँपालिका, भानु नगरपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा भने सभापति तथा अन्य पदका लागि निर्वाचन भएको छ ।

निर्वाचनबाट बन्दिपुर गाउँ सभापतिमा कर्णबहादुर खत्रीले ६७ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी वैंश गुरुङले ४५ मत प्राप्त गरी पराजित भएका छन् । एक मत बदर भएको बताइएको छ । यस्तै, आँवुखैरेनी गाउँ सभापतिमा ५६ मत प्राप्त गरी विष्णु पन्त विजयी भएका छन् भने उनका प्रतिस्पर्धी प्रितम गुरुङले ४९ मत प्राप्त गरेका थिए ।

म्याग्दे गाउँसभापतिमा रामभक्त घिमिरे विजयी भएका छन् । प्रतिस्पर्धी विनोद खनाललाई पराजित गर्दै घिमिरे सभापतिमा विजयी भएका हुन् । सभापति पदमा विजयी घिमिरेले १०९ मत ल्याउँदा प्रतिस्पर्धी खनालले ३९ मत ल्याए । यसैगरी, उपसभापतिमा चिनीमाया थापा र पुष्पराज खनाल विजयी भएका छन् । गाउँ सचिवमा गौरवराज राना र सुन्दरमणि अधिकारी विजयी भएका छन्। गाउँ सहसचिवमा श्रीभद्र आचार्य र सुरज थापा विजयी भएका छन् ।

त्यस्तै, भानु नगरसभापतिमा राम कुमार श्रेष्ठ १३९ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नवीनराज दाहालले १२५ मत प्राप्त गरेका थिए । २७५ कुल मत मध्ये २७१ मत खसेको निर्वाचन समितिले जनाएको छ । नगर उपसभापतिमा राजन श्रेष्ठ १५३ मत र लक्ष्मी श्रीराज भण्डारीले १८० मत प्राप्त गरी विजयी भएका छन् । नगर सचिवमा दिपेन्द्र अधिकारीले १२६, सिताराम बानियाँले १३६ मत प्राप्त गरी विजयी भएका छन् भने नगर सहसचिवमा नवीन रानाभाटले १२६ मत र सुदिप केसीले १५७ मत प्राप्त गरी विजयी भएका छन्।

यस्तै, सबैको चासो र चर्चाको विषय बनेको व्यास नगर सभापतिमा सूर्यचन्द्र हड्खले र डम्बर बहादुर अधिकारी बीच चुनावी प्रतिस्पर्धा भएको छ । चुनावी प्रतिस्पर्धामा नगर सभापतिमा सूर्यचन्द्र हड्खले निर्वाचित भएका छन् । मतदानमा सभापतिमा विजयी हड्खलेले सभापति पदका प्रत्यासी डम्बरबहादुर अधिकारीलाई पराजित गरेका हुन् ।

कुल ४४३ मतदाता मध्ये ४३२ ले मतदान गरेको निर्वाचनमा सभापतिमा विजयी हड्खलेले २८२ मत पाएका थिए भने प्रत्यासी अधिकारीले १४१ मत पाएका छन् ।

अधिवेशनबाट उप सभापतिमा सुर्जकुमार मल्ल र शोभा अधिकारी विजयी भए । मल्लले २९४ र अधिकारीले ३३० मत पाए । सचिवमा सुरेश पूरी र खेमराज पोख्रेल निर्वाचित भए । सचिव पुरीले २८९ र पोख्रेलले २८१ मत पाएका छन । दुई मत बदर भएको बताइएको छ ।

क्षेत्रीय प्रतिनिधीमा पदम बहादुर परियार, शोभा लम्साल निर्विरोध चयन भएका छन् । आदिवासी जनजाति महिला नगर सदस्य कमलादेवी र्घर्ती, कृष्णबहादुर दुरा, बिना गुरुङ, बिष्णु माया राना, देवीमाया गुरुङ, लक्ष्मी श्रेष्ठ घर्ती र सलिना घर्ती निर्विरोध चयन भएका छन्। समावेशी मुस्लिम तर्फसर्फुदिन मिया, कार्यसमिति दलित, अन्य नगर सदस्यमा दिलबहादुर बिश्वकर्मा, हरि गहतराज, नगर सदस्य खुल्ला तर्फशान्ता पौडेल, विकास रिजाल, रबि मिश्र र रामजी प्रसाद तिमल्सेना निर्विरोध चयन भएका छन् । समावेशी समानुपातिक तर्फआशामाया कार्की, नविना जिसी, निला घिमिरे र सीता आचार्य निर्विरोध चयन भएका छन् ।

यस्तै, कांग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सुरु हुन सकेको छैन । प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलालीमा क्रियाशील सदस्यता विवरण प्राप्त नहुँदा अधिवेशन प्रक्रिया प्रारम्भ गर्न नसकिएको समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार बसेको बैठकले क्रियाशील सदस्यताको बाँकी विवाद चाँडै टुङ्ग्याएर दशै अघिसम्म सबै जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो। हिमाली जिल्लामा भने मौसमको प्रभावका कारण पूर्वनिर्धारित कार्यतालिका अनुसार जिल्लाका सबै अधिवेशन सम्पन्न गर्ने कांग्रेसले निर्ण्र्ाागरेको छ ।

कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको थियो । पार्टीले यसअघि महाधिवेशन अन्तर्गत गाउँ/नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते तय गरेको थियो। यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० गतेदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म तय गरिएको छ ।

यसैबीच कांग्रेसले पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमितिमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थाअनुसार उक्त तहहरूमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधिमध्येबाट कम्तीमा एक दलित सदस्य र मधेशी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्ति मध्येबाट एक सदस्य थप निर्वाचित हुने व्यवस्था गर्ने निर्णय गरेको छ ।

शुक्रबारको पार्टी पदाधिकारी एवं पूर्वपदाधिकारी सहितको छलफलबाट प्रदेश सभा निर्वाचन क्षेत्रमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्था अनुसार ती तहमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधि मध्येबाट प्रदेश अधिवेशन प्रतिनिधिमा एक दलित र मधेशी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिमध्येबाट एक जना थप निर्वाचित हुने व्यवस्था गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थाअनुसार माथि उल्लेखित तहमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधिमध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा एक दलित र मधेशी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिमध्येबाट एक जना थप निर्वाचित हुने व्यवस्था गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker