कांग्रेस गण्डकीको प्रथम अधिवेशन : पौडेल समूहका शर्मा विजयी

भञ्ज्याङ न्यूज

कांग्रेस गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका शुक्रराज शर्मा विजयी भएका छन् । उनले संस्थापन देउवा पक्षका अर्जुनप्रसाद जोशीलाई ८४ मतले पराजित गरे । विजयी शर्माले ६ सय १२ मत पाए भने जोशीले ५ सय २८ मत पाएका छन ।

यसैगरी एक उपसभापतिमा बाहेक अन्य पदाधिकारीमा शर्मा प्यानलका विजयी बने । संस्थापन पक्षका मेखलाल श्रेष्ठलेमात्र उपसभापतिमा जिते । शर्मा प्यानलकी कल्पना तिवारीले उपसभापतिमा जितिन् । महामन्त्रीमा शर्मा प्यानलकै विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठले बाजी मारे । यसैगरी ३ सहमहामन्त्रीमा शर्मा प्यानलका कोपीला रानाभाट, रामचन्द्र जोशी र रमेशकुमार पाण्डेले विजयी हासिल गरेका छन् ।

पौडेल समूहबाट सभापतिमा आकांक्षी बढी भएपछि पार्टी महामन्त्री शशांक कोइरालासमेतको छलफलपछि शर्मालाई एकल उम्मेदवार बनाइएको थियो । अन्यत्र जस्तै गण्डकीमा पनि संस्थापन देउवा पक्ष र इतरको पौडेल पक्षधर प्यानल बनाएर निर्वाचनमा होमिएका थिए ।

शनिबार भएको मतदानको आइतबार बिहान मतगणना सकिएको थियो । एक हजार एक सय ६५ मतदातामध्ये एक हजार एक सय ४६ मत खसेको थियो । सभापतिमा निर्वाचित शर्मा २०४५ देखि २०६१ सम्म कास्की कांग्रेसको सभापति थिए । २०४८, २०५१ र २०७४ को आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी भए पनि उनी पराजित बनेका थिए । राष्ट्रिय सभा सदस्यसमेत भएका उनी कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य पनि भएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker