एमालेले ब्यूँतायो ०७५ जेठ २ को संरचना : स्थायी कमिटी बैठकका चार ऐतिहासिक निर्णय

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले औपचारिकरुपमै २०७५ जेठ २ मा फर्किएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको गठबन्धनमा लागेपछि माधव नेपाललाई छाडेका नेताहरुसहित पहिलोपटक आज बसेको स्थायी कमिटी बैठकले पार्टीका सबै संगठनलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेको हो ।

यो निर्णयसँगै एमालेले १० बुँदे सहमति कार्यान्वयनमा ल्याएको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले दिनुभएको जानकारीअनुसार बैठकले पार्टीको पक्षमा क्रियाशील रहने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला र सबै तहका कमिटीलाई २०७८ जेठ २ पूर्वको अवस्थामा क्रियाशील हुन निर्देशन दिएको छ ।

एमालेले पार्टीको आन्तरिक एकताका लागि तयार भएको १० बुँदे सहमतिलाई सन्दर्भ सामग्रीको रुपमा लैजाने निर्णयसमेत गरेको छ । ज्ञवालीका अनुसार ०७५ जेठ २ को अवस्थामा लैजाँदा आउने समस्या समाधान गर्न उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भूसाल र स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र लेखराज भट्टलगायतका नेताहरु रहेको कमिटी गठन गरेको छ ।

एमालेले जेठ २ लाई आधार मानेर पार्टी सदस्यता नवीकरण गर्ने, विधान महाधिवेशन आगामी असोज ४, ५ र ६ गते काठमाडौंमा गर्ने तथा काठमाडौंमै आगामी मंसिर १०, ११ र १२ गते दशौं महाधिवेशन गर्ने निर्णय गरेको छ । विधान महाधिवेशनका लागि दस्तावेज तयार गर्न भदौ २५ र २६ गते स्थायी कमिटी बैठक तय गरिएको छ ।

एमालेले आगामी कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका, नगर अधिवेशन गर्ने निर्णय गरेको छ । साथै, भदौ १६ देखि जिल्ला कार्यकर्ता भेला र जनसंगठनका भेला गर्ने तथा भदौ १० गते केन्द्रीय कमिटीको बोलाउने निर्णय पनि स्थायी कमिटी बैठकले गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker