दमौली अस्पतालमा अक्सिजन उत्पादन

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा अक्सिजन उत्पादन शुरु भएको छ । २०७७ माघ महिनाबाट सुरु गरिएको प्लान्ट जडान कार्य सम्पन्न भएपछि गत शुत्रबारबाट अक्सिजन उत्पादन शुरु भएको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश सरकारबाट अक्सिजन प्लान्ट निर्माणका लागि ७५ लाख रुपैयाँ प्राप्त भएको थियो । उक्त बजेटबाट प्लान्ट निर्माणका लागि ४८ लाख रुपैयाँको टेण्डर प्रक्रियाबाट काम सम्पन्न गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल पौड्यालले बताए । उनले भनेे, ‘अहिले परीक्षणका लागि अक्सिजन उत्पादन सुरु गरेका छौं ।’

अस्पतालमा छोटो समयमै भेन्टिलेटर सहितको आइसोलेशन कक्ष, अक्सिजन प्लान्ट लगायतका अन्य आवश्यक उपकरणहरु जडान हुँदा जिल्लाबासीलाई उपचार सेवा लिन अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए । ‘अस्पतालमै अक्सिजन प्लान्ट सञ्चालनसंगै बाहिराबाट अक्सिजन ल्याउन नपर्ने भएको छ’, उनले भने, ‘आवश्यक मात्रमा अक्सिजन छैन भनेर बिरामीलाई अब पोखरा, चितवन र काठमाडौ पठाउनु पर्दैन ।’

जडान भएको अक्सिजन प्लान्टबाट एक दिनमा १५/२० सिलिन्डर अक्सिजन उत्पादन हुने अस्पतालले जनाएको छ । ४८ केजीको सिलिन्डरमा एक पटकमा ६ हजार ६ सय लिटरको क्षमता रहेको डा. पौड्यालले बताए । अस्पतालमा ४ वटा भेन्टिलेटर सहितको ७ वेडको आइसियु कक्ष, २८ वटा अक्सिजन कन्सन्ट्रेटर, ११० वटा अक्सिजन सिलिन्डर जडान भएका छन् ।

यस्तै, जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारमा अक्सिजन प्लान्ट सञ्चालनको लागि अझै २ हप्ता लाग्ने केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताए । केन्द्रमा संघीय सरकारले उपलब्ध गराएको ३ करोड रुपैयाँ बजेटबाट अक्सिजन प्लान्ट निर्माणधिन अवस्थामा छ ।

डा. श्रेष्ठले भने, ‘प्लान्ट निर्माणका लागि धेरै काम सम्पन्न भैसके पनि ट्रन्सफर्मर जोड्न बाँकी रहेको हुँदा केही समय लाग्ने देखिएको छ ।’ उक्त प्लान्टबाट एक दिनमा एक सय सिलिन्डर अक्सिजन उत्पादन क्षमता रहेको केन्द्रले जनाएको छ । केन्द्रमा ५ वटा भेन्टिलेटर सहितको आइसियु कक्ष, २५ वेडको एचडियु कक्ष लगायतका उपकरण जडानले सेवाग्राहीलाई स्वास्थ्य सेवा लिन थप मद्दत पुग्नेमा बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker