ऋषिङको भवन उदघाटन कार्यक्रम एमालेद्वारा वहिष्कार
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको ऋषिङ गाउँपालिकाको बिहीबार हुने भवन उदघाटनको कार्यक्रम नेकपा एमालेले वहिष्कार गर्ने भएको छ । एमाले ऋषिङ गाउँ कमिटीले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने कार्यक्रम वहिष्कार गर्ने जनाएको छ ।
गाउँपालिकाको केन्द्रका विषयलाई लिएर एमाले ऋषिङ विगतदेखि नै एकमत रहेकाले उक्त कार्यक्रममा सहभागी हुन नसकिने ऋषिङ गाउँ कमिटीका सचिव कविराज श्रेष्ठले जानकारी दिए ।










