नेकपा एमालेबाट तनहुँ-१ मा राना सर्वसम्मत सिफारिस
भञ्ज्याङ न्यूज

प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमाले तनहुँले क्षेत्र नं. १ का लागि एमाले केन्द्रीय सल्लाहकार एकबहादुर रानाको नाम सर्वसम्मत सिफारिस गरेको छ । एमाले क्षेत्रीय कमिटीको आइतबार डुम्रेमा बसेको बैठकले रानालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो।
एमाले केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले उपस्थितिमा बसेको बैठकले क्षेत्र नम्बर १ प्रदेश (क) का लागि कुलबहादुर थापा, तुलसीराम पाण्डे, निलमसञ्जिवा श्रेष्ठ, रामबहादुर गुरुङ, प्रदीपराज अधिकारी, मायानाथ कोइराला, प्रेमकुमार राना र कलाकुमारी ढकालको नाम सिफारिस गरेको छ ।
प्रदेश (ख) का लागि इन्द्रबहादुर कुंवर, अम्मर भण्डारी, विन्दु बस्नेत, काशीराम भट्टराइ, बाबुराम अधिकारी, अनिल पाण्डे र रत्नकुमार श्रेष्ठको नाम सिफारिस गरिएको छ ।
यस्तै, तनहुँ क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङ, सांसद केदार सिग्देल र विष्णु पराजुलीको नाम सिफारिस गरिएको छ ।










