नेकपा (एमाले) तनहुँमा १७ जना सदस्य मनोनित

दमौली : नेकपा (एमाले) जिल्ला कमिटी तनहुँले १७ जना सदस्य मनोनित गरेको छ । पार्टीको बुधबार बसेको दोस्रो बैठकले विधान अनुसार रिक्त सदस्यमा विभिन्न क्षेत्रबाट मनोनित गरेको हो ।
जिल्ला कमिटी सदस्यमा मनोनित हुनेहरुमा श्रीराम कार्की, प्रकाशचन्द्र भटराई, वीरेन्द्र अधिकारी, बसुन्धरा घर्ती, प्रिजेन्टलाल श्रेष्ठ, सुलेमान मिया, बाबुराम अधिकारी, शान्ति कुँवर रहेका छन् ।
यस्तै अन्य सदस्यहरुमा प्रेम रानाभाट, लालु थापा, घनश्याम लम्साल, दुर्गा श्रेष्ठ, धनेश्वर श्रेष्ठ, देवबहादुर गुरुङ, दानु सापकोटा, भिमबहादुर विक र राजन श्रेष्ठ मनोनित भएको बताइएको छ ।
उक्त बैठकमा नेकपा (एमाले) स्थायी कमिटीका सदस्य एवं गण्डकी प्रदेशका इन्चार्ज किरण गुरुङ, केन्द्रीय सदस्य तिलक बहादुर महत, केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज केदार सिग्देल, केन्द्रीय सदस्यहरु भगवती न्यौपाने लगायतले सम्बोधन गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker