बन्दे कामीका वंशधर सुकबहादुर आले बि.क.को नमुना तोप

देव बस्न्यात

अबकाश प्राप्त भारतीय सेनाका सिपाही सुकबहादुर आले बि.क. तनहुँसुरमा तोप बनाउने नेपालका प्रथम तोप वैज्ञानिक बन्दे कामी वंशधरका उज्जवल नक्षत्र हुन् । बन्दे जडकामीको छोरा दोन्दे कामी, दोन्दे कामीका छोरा दत्ते जडकामी, दत्ते जडकामीका तीनभाई छोराहरु, टुइके जडकामी, मुसे जडकामी र गोरे जड्कामी मध्ये मुसे जडकामी तर्फका सन्तान धने जड्कामी र धने जडकामी एवं निजको श्रीमती पार्वती बि.क.का तर्फका इन्द्रबहादुर (फर्से कामी) जडकामी र बाबुराम जडकामीको जन्मभएको बन्देकामीका वंशधर सुकबहादुर आले बि.क. बताउँछन् । सुकबहादुर आले बि.क.का भनाइ अनुसार स्व. इन्द्रबहादुर (फर्से) बि.क. र स्व. सन्तुमायाँ बि.क. (आँबुखैरेनी गाउँपालिका निवासी धनलाल सुनारको माइली छोरी)का पुत्ररत्नमा सुकबहादुर आले र छोरीमा इन्द्रकुमारी रसाइली बि.क. जन्मेका हुन् ।

वि.सं. २००१ साल भाद्र १७ गतेका दिन सुकबहादुर आले बि.क.को बन्दिपुर गाउँपालिका वडा नं. ४ आलेथोकमा जन्म भएको थियो । गोर्खा जिल्ला गाईखुर गाउँ विकास समिति बरसारे निवासी पक्कुबहादुर बि.क.को छोरी कृष्णमाया आले बि.क. (२००० साल) संग सुकबहादुर आले बि.क.ले वि.सं. २०१७ साल फागुन १५ गते सोमबारेका दिन पहिलो विवाह गरेका थिए भने साविक केशवटार गाउँ विकास समितिको हाल व्यास नगरपालिका वडा नं. १४ निवासी लालबहादुर बि.क.को जेठीछोरी सुनमाया आले बि.क (२००७।११।१५) संग वि.सं. २०२५ साल मंसिर २९ गते बुधवारका दिन दोश्रो मागी विवाह गरेका हुन् । कान्छी श्रीमती सुनमायाँका तर्फउहाँका छोराहरुमा रामबहादुर आले बि.क., श्यामबहादुर आले बि.क., जीवन आले बि.क. र प्रेमबहादुर आले बि.क. जन्मेका हुन् । हाल उहाँको परिवारमा छोरा रामबहादुर आले र बुहारी कमला बि.क.तर्फनाति शिव आले बि.क. र नातिनी कल्पना आले बि.क, छोरा श्यामबहादुर आले र बुहारी पार्वती बि.क. तर्फ नाति कृष्ण आले बि.क. र नातिनी पुनम आले बि.क. छोरा जीवन आले बि.क. र बुहारी सरिता बि.क. तर्फ नातिनीहरु देविका बि.क. र डिना बि.क. छोरा प्रेमबहादुर आले बि.क. र मनरुपा बि.क. तर्फनाति रोनक आले बि.क. र लक्ष्मण आले बि.क. रहेका छन्। यसरी सुकबहादुर आले बि.क. आजसम्म आफ्नो संयुक्त परिवारको अभिभावकत्व ग्रहण गर्दै आइरहेका छन् ।

यसैगरी सुकबहादुर आले बि.क.का काका बाबुराम जडकामीका हाँगो तर्फ छोराहरु सोमुलाल जडकामी र शंभुलाल जडकामी रहेका छन् भने सोमुलाल बि.क. तर्फ नाति नवराज बि.क. र शंभुलाल बि.क. तर्फ नाति मदन बि.क भेटिन्छन् । बन्दे जडकामीको चौथो पुस्ताका कान्छा सन्तान गोरे जडकामीको हाँगो तर्फ छोरा बुधे जडकामी, बुधे जडकामीका तर्फका छोराहरुमा बिलबहादुर बि.क. र शंभुलाल बि.क. भएका पाउँदछौं । बुधेकामीका जेठा छोरा बिलबहादुर बि.क. तर्फका छोराहरु रामबहादुर बि.क. र काले बि.क मध्ये रामबहादुर बि.क.लाई खड्गमाई मन्दिरका वर्तमान समयका खाडेकामी तथा पुजारी भनेर चिनिन्छन् । बन्दिपुर खड्गमाइ मन्दिरका खाँडेकामी भनेर चिनिने उनै रामबहादुर बि.क. तर्फका छोराहरु मनिष बि.क., विवेश बि.क. र निजका भाइ काले बि.क. तर्फका छोराहरुमा किरण बि.क. र बिशाल बि.क भेटिन्छन् भने उनैका काका शंभुलाल बि.क.का छोरा लक्ष्मण बि.क. र लक्ष्मणका नातिहरुमा ज्वालासिंह बि.क., जीवन बि.क. र नातिनी शान्ति बि.क. रहेकाछन् ।

बन्दिपुर गाउँपालिका वडा नं ४ निवासी सुकबहादुर आले बि.क. दलितका छोरा भएर पनि सानै उमेरदेखि लेखपढ गर्नमा अत्यन्तै उत्सुक बनेका थिए । तीनधारा पाठशाला बन्दिपुरमा कुलविक्रम अधिकारी, ज्ञानहरि शर्मा र शिवशङ्कर शर्माहरु शिक्षक पेशामा कार्यरत रहेका थिए । तीनधारा पाठशाला बन्दिपुरमा अध्ययन गर्न गएका सुकबहादुर आलेले दलित भएकै कारण साथीहरु सँगसँगै बसेर पढ्न पाएनन् । एउटै कक्षामा पढ्ने साथीभाइसंगै बस्न नपाएता पनि पढ्नमा मन दिए । आँखाभरी आसु लिएर भएपनि आफु एक्लै कक्षा कोठाको बाहिर बसेर पढ्न परेको तितो कथा सुकबहादुर आले बि.क.ले हामीसँगको साक्षत्कारमा बतााउनु भएको थियो । वि.सं. २०१६ सालमा भानु माध्यामिक विद्यालय बन्दिपुरबाट आठकक्षा उत्तीर्ण भएका सुकबहादुर आले बि.क.वि.सं २०१९ तदनुसार १९६३ मा भारतीय उडिसा सैनिकप्रहरीमा भर्ती हुन पुगेका थिए । भारतीय सैनिकमा भर्ती भएका आले बि.क.ले सन् १९६८ मा नेफा पुलिस स्पेशल डिउटी मेडल, सन १९७१ जय बंगलादेश मेडल, सन १९७२ मा पचिसवां स्वतन्त्रता दिवस मेडल, सन १९८२ मा आर्मीयर तेश्रो ग्रेडको तालिममा उत्कृष्ट नतिजा प्राप्त गरी पहिलो कदर-पत्र, सन १९८६ गोल्ड मेडल जुव्ली उडिसा पुलिश मेडल, सन १९८९ इलेक्टि्रकल एण्ड मेकानिकल इन्जिनियरिङ सेण्टर सेक्युन्डेरा आन्द्रप्रदेशमा अपग्रेडिङ -पि.एम.इ) आर्मीयर स्पेसियल ग्रेड सेकण्ड तालिमको नतिजामा उत्कृष्ट नतिजा प्राप्त गरी कदरपत्र र सन १९९७ मा भारतीय स्वतन्त्रता स्वर्णजयन्ती मेडल प्राप्त गरेका थिए ।

भारतीय सेनामा जुनियर पदमा रही सेवा गरेका सुकबहादुर आले बि.क. राजैत्तिक क्षेत्रमा पनि त्यत्तिकै दिलचस्पी राख्दथे । वि.सं. २०७२ सालममा ३९०१००९०४०० नम्बरबाट नेपाली कांग्रेसको सक्रिय सदस्य लिएका आले बि.क. वि.सं. २०१५ सालमा नेपाली कांग्रेसको स्कुलिङ विभागको सदस्यता, वि.सं. २०१५ सालमा नेपाली कांग्रेस आँबु, किलचोक, भाँगे भेगको प्रचार प्रसार समितिका सदस्य, २०१८ सालमा बन्दिपुर गाउँपञ्चायत वडा नं. ६ को वडाअध्यक्षमा निर्वाचित, नेपाली कांग्रेस १३औ अधिवेशनको समयमा नेपाली कांग्रेस बन्दिपुर नगरपालिकाको निर्वाचन क्षेत्र नं १ को दलित तर्फाट क्षेत्रीय प्रतिनिधिमा अत्यधिक मतले निर्वाचित, वि.सं. २०७२ सालमा नेपाली कांग्रेस बन्दिपुर भू.प सैनिक इकाइको उपसभापति र वि.सं. २०७४ सालको स्थानीय निकाय निर्वाचनममा कृष्णराज अधिकारी वडाअध्यक्ष पदमा परजित भए पछि कार्यवाहक वडासभापति भइ काम काज गरेको पाइन्छ ।

राजनीतिक्षेत्रका निष्ठावान सफल व्यक्तित्व सुकबहादुर आले बि.क. भूपु सैनिक सुदृढ गर्न र समाजसेवाको भूमिकामा पनि सक्रिय रुपमा देखिएका छन् । वि.सं. २०६१ सालमा बि.क.ले चुनियाँढाड-शिखरडाँडा कच्ची मोटरमार्गको कार्य समितिको अध्यक्ष पदको जिम्मेवारी निर्वाह गरेका छन् भने वि.सं २०६५ सालमा चिसोडि खानेपानी तथा सरसफाई उपभोक्त समितिका कोषाध्यक्ष पदमा रही आफ्नो जिम्मेवारी बहन गरेका हुन् । यसैगरी वि.सं. २०६७ पौष १९ गतेबाट २०६९।९।१९ सम्म कोषाध्यक्ष पदमा र वि.सं २०६९ साल देखि वि.सं. २०७९ सालसम्म हरियाली बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्ष पदमा रहेर संस्थाको हीत र प्रगतिमा आफुलाई समर्पण गरेका हुन् । जीवनको उत्तरार्धमा आएर उहाँले विश्वकर्माहरुलाई संगठित गर्दै विश्वकर्मा गुठीको अध्यक्ष पदमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन् । यसका अतिरिक्त उहाँले आफ्ना पूर्वजहरुको लुकेको इतिहास उजागर गर्न उत्सुक हुनुहुन्छ ।

नेपालकै प्रथम हतियार विशेषज्ञ बन्दे कामीलाई स्थानीय, प्रदेश एवं केन्द्रीय सरकारले सम्मान गर्नुपर्ने धारणा राख्दै शिल्पकार बन्दे कामी फाउण्डेसन गठन गर्ने अभियानमा आफुलाई पूर्णत समर्पण गर्ने सोच राखेका छन् । बन्देकामी फाउण्डेसन गठन गरेपछि आफ्ना पूर्वज हतियार विशेषज्ञ बन्देकामीको सालिक बनाउने र बन्देकामीले बनाएका तोपहरुको शस्त्रागार संग्रहालय बनाएर प्रदर्शन गर्ने योजनमा सुकबहादुरको रहेको छ । पूर्वजहरुको सम्झनामा काठका नमुना तोपहरु बनाएर घरमा सजायर रख्ने सुक बहादुर आले बि.क. आफ्नो अभियानमा स्थानीय निकायको सहयोग रहनेमा विश्वास्त छन् ।

सुकबहादुर विभन्न समाजिक क्षेत्रमा सरिकभई समाजसेवा गरेका छन् भने समाजमा निर्माण भइरहेका र नयाँ निर्माण गरिने भौतिक एवं अन्य संरचनाहरुको पूर्णताको कामना गर्दै सहयोग गर्न हिचकिचाउँदैनन् । आफ्नो बल, बुद्धि र आर्थिक क्षमताले भेटेसम्म सहयोग गर्दै आइरहेका छन् । यसरी उहाँले गरेका सहयोगहरुको फेहरिस्त खोतल्दै जाने हो भने लामै बन्न सक्दछ । वि.संं. २०६१ सालमा आफै अध्यक्ष भइ कामकाज गरेको चुनियाँढाड-शिखरडाँडा कच्ची मोटरमार्ग निर्माण कार्यमा, वि.सं. २०६४ नेपाल भूतपूर्व सैनिक संघको छुट्टै भवन निर्माण कार्यमा र वि.सं. २०६५ सालमा बन्दिपुर हाइस्कुल भवन निर्माण समेतका कार्यहरुमा आर्थिक सहयोग प्रदान गरेका छन् । यसैगरी गरिव तथा जेहेन्दार छात्रछात्राहरुलाई अध्ययन गर्ने सुविधा पुगोस भन्ने हेतुले उहाँले हिमचुली बालशिशु विकास केन्द्रको भवन निर्माण र बि.सं. २०६८ सालमा सि.के.बि.के क्याम्पस भवन निर्माण गर्नका लागि सोही क्याम्पसले आयोजना गरेको श्रीमदभागवत ज्ञानमहायज्ञमा पनि सक्दो आर्थिक सहयोग प्रदान गर्न चुकेका छैनन् । सरल सहज मिजासका धनी सुकबहादुर आलेको पूर्वज बन्दे कामीलाई हाम्रा स्थानीय तथा संघीय निकायहरुले सम्मान गर्न सकुन यही शुभेक्षा प्रकट गर्दछु ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker