बस दुर्घटना हुँदा २३ जनाको मृत्यु

मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको र १० जना भन्दा धेरै घाइते भएका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

३९ जना यात्रु रहेको बस दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो । ‘ठूलो दुर्घटना भयो । बस टुक्राटुक्रा भयो । २३ जनाको लास भयो । धेरै घाइते छन् । घाइतेलाई विमानस्थलमा ल्याएका छौं र कतिपयलाई उद्दार गरिरहेका छौं, हामीले प्लेन र हेलिकप्टर मगाएका छौं’ उनले भने ।

उद्दारको काम भइरहेको र शव पनि संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी महतले जानकारी दिए । अहिले नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्वारका लागि घटनास्थलमा पुगेका छन् । अनलाइनखबर

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker