विनोद थापाको अध्यक्षतामा हैरान्स क्लवमा नयाँ नेतृत्व

दमौली । दमौली स्थित हैरान्स क्लवको नयाँ नेतृत्व चयन भएको छ । शुक्रवार र शनिबार आयोजित क्लबको साधारणसभा तथा अधिवेशनले विनोद थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

शनिवार वडा नं २ को कार्यालयमा निर्वतमान अध्यक्ष रविन पौडेलको अध्यक्षतामा आयोजित पदस्थापन कार्यक्रममा बोल्दै वडा नं २ का कार्यवाहक वडा अध्यक्ष सुरेश वाग्लेले क्वलले विगतका सामाजिक र खेलकुद गतिविधिलाई निरन्तरता दिने विश्वास व्यक्त गर्दै वडा कार्यालय र नगरपालिकाले क्लवको अभियानलाई सघाउने बताए ।

निर्विरोध रुपमा चयन भएको क्लबको उपाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ, सचिवमा उज्जवल भट्टराई, सह सचिवमा गंगा गुरुङ, कोषाध्यक्षमा निजामदिन मिया चयन भएको निर्वाचन अधिकृत चन्दन मल्लले जानकारी दिए ।

त्यस्तै समितिको सदस्यहरुमा सुनिता विक, मनिका थापा, आशिष धिताल, दिक्षिन विक, अजय पुरी र अञ्जन प्रधान चयन भएका छन् ।

त्यस्तै क्लवले शनिवार नै क्लवका सल्लाहकारहरु समेत चयन गरेको छ । क्लवको सल्लाहकारहरुमा निवर्तमान अध्यक्ष रविन पौडेल, सुरेश वाग्ले, अनुप राना, राजु थापा, राजकुमार विक, कृष्ण नारायण वतास, तेज बहादुर थापा, अर्जुन श्रेष्ठ, अशोक गिरी, मनोज श्रेष्ठ, भुवन गौशली, कुमार श्रेष्ठ, पोखराम थापा, चन्दन मल्ल, ओम थापा लाई चयन गरेको छ ।

क्लवका निवर्तमान अध्यक्ष रविन पौडेलको अध्यक्षतामा आयोजित अधिवेशनको सञ्चालन निवर्तमान सचिव अशोक गिरीले गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker