तनहुँसुरको देउराली डाँडामा १६ फिट अग्लो राष्ट्रिय झण्डा

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-११ तनहुँसुरको धरमपानी स्थित देउराली डाँडामा १६ फिटको राष्ट्रिय झण्डा राखिएको छ । कालोपत्रे सडकको बीचमा रहेको चौतारोका कारण पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएको देउराली डाँडामा शनिबार एक कार्यक्रमको आयोजना गरी व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानले राष्ट्रिय झण्डा अनावरण गरेका हुन् ।

झण्डा अनावरण गर्दै नगरप्रमुख न्यौपानेले तनहुँसुरको विकासका लागि पूर्वाधार निर्माण, प्रचारप्रसार तथा स्थानीयहरुलाई जागरुक बनाउने विभिन्न खाले कार्यक्रम गर्दै आएको र ती कार्यक्रमको उपलब्धी देखिन थालेको बताए । तनहुँसुर चौतारी एवं प्रस्तावित उद्यानका लागि नगरपालिकाको तर्फाट पाँच लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले यस क्षेत्रको विकासका लागि स्थानीय नै सक्रिय हुनुपर्ने सुझाए ।

तनहुँसुर चौतारी एवं प्रस्तावित उद्यान निर्माण क्षेत्र देउराली डाँडामा ४० फिटको पोलमा नेपालको झण्डा राखिएको छ। चर्चित बनेको चौतारा संरक्षणका लागि टोल विकास संस्थाले पहल थालेको छ । दुइ चौताराको संरक्षणका लागि रकम संकलन समेत सुरु गरिएको छ । दुबै चौतारा मर्मत सम्भार र निर्माणका लागि स्थानीय सरकार, संघसंस्था र स्थानीयवासीलाई सहयोगको अनुरोध गरिएसँगै रकम उठ्न सुरु भएको टोलका अध्यक्ष सन्जय श्रेष्ठले जानकारी गराए । उनका अनुसार चौतारी एवं प्रस्तावित उद्यान निर्माणका लागि सहयोग गर्नेमध्ये पाँच हजार रुपैयाँभन्दा बढि रकम दिनेको नामावली शिलालेखमा लेखिने र हालसम्म तीन लाख भन्दा बढी रकम संकलन भएको बताइएको छ ।

रुखलाई संरक्षण गरी सडक कालोपत्र भएपछि यस ठाउँमा एकाएक आन्तरिक पर्यटकको चहलपहल हृवात्तै बढेको छ । अहिले सडकको बीचमा रहेको चौतारोलाई संरक्षण गर्ने कार्य अगाडि बढाइएको छ। सामाजिक सञ्जालमा उक्त सडकले चर्चा कमाएसँगै तनहुँसुर पुग्ने र्सवसाधारणको संख्या बढेको छ। विशेष गरी शनिबार यस ठाउँमा आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ । उक्त चौतारो र सडकलाई पृष्ठभूमिमा राखेर टिकटक बनाउने, फोटो खिच्ने लगायतका कार्य गर्न थालिएको छ ।

तनहुँसुरसम्म पुग्ने खड्गकाली मोटरमार्ग संघीय सरकार र व्यास नगरपालिकाको साझेदारीमा कालोपत्र गरिएको छ। उक्त मोटरमार्गको ५.६ किलोमिटर खण्डमा कालोपत्र, पक्की नाला, ग्याविन जाली र वाल निर्माण कार्य पूरा भएको छ। यही मार्ग हुँदै ऐतिहासिक स्थल तनहुँसुर दरबारसम्म पुग्न करिब साढे दुइ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ। हाल व्यास नगरपालिका-११ को रातमाटाबाट ढाँडखोलेसम्म कालोपत्र भएको नगरपालिकाले जनाएको छ ।

दश करोड रुपैयाँको इष्टमेट भएपनि टेन्डर प्रक्रिया मार्फ् ऋषि शक्ति जेभीले सात करोड ५१ लाख रुपैयाँमा कालोपत्र र पक्की नाला निर्माण गरेको छ । उक्त योजना कार्यान्वयनका लागि संघीय सरकारले ५० प्रतिशत र व्यास नगरपालिकाले ५० प्रतिशत बजेट उपलब्ध गराएको थियो ।

दमौलीबाट पृथ्वीराजमार्गको घाँसीकुवा हुँदै कालोपत्र सडक मार्फ् करिब आधा भण्टामा तनहँुसुर दरबार पुग्न सकिन्छ । तनहुँसुरलाई ऐतिहासिक, प्राकृतिक र साँस्कृतिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नगरपालिकाले प्रवर्द्धनात्मक कार्यक्रम गर्दै आएको छ ।

ऐतिहासिक महत्वको तनहुँसुर सेवासुविधाको खोजीका कारण स्थानीय बर्साईसर्राई गर्दा अहिले उजाडिदै गएको छ । यहाँका पुराना घरहरु खण्डहर अवस्थामा पुगेका छन् । गाउँमा युवापुस्ता नहुँदा तनहुँसुरको जनुरुपमा विकास हुनुपथ्र्यो त्यो पनि हुन सकेको छैन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker