प्रदेशबासीलाई छ महिना भित्र १५ लाख खोपको व्यवस्था हुन्छ : मुख्यन्त्री पोखरेल

भञ्ज्याङ न्यूज

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशबासीलाई छ महिनाभित्र १८ लाख खोपको व्यवस्था हुने बताएका छन् । १८ बर्षमाथिका १५ लाख प्रदेशबासीले कोरोना बिरुद्धको खोप उपलब्ध गराउने मुख्यमन्त्री पोख्रेलले प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति तनहुँले बिहीबार दमौलीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधान गर्दै उनले हालसम्म आठ लाख मानिसहरुलाई पहिलो र तीन लाखलाई दोस्रो चरणको खोप प्रदान गरिसकिएको बताए ।

‘प्रदेश सरकारले डाइरेक्ट खरीद गरेर ल्याउन नसकिने कारणले केही ढिलाई जस्तो हुन गएको हो’, उनले भने, ‘प्रदेश सरकारको पहिलो प्राथामिकता भनेकै प्रदेशबासिलाई समयमै कोरोना विरुद्धको निःशुल्क खोप उपलव्ध गराउनु हो ।’ ‘प्रदेशका एकादुइ जिल्लामा बाहेक अक्सिजन प्लान्ट जडान र बेड क्षमता बृद्धि गर्न नसकिएपनि पहलकदमी भैरहेको छ’, मुख्यमन्त्रीले भने, ‘कोभिडको दोस्रो भेरियन्टसंगै तेश्रो लहरको भेरियन्ट पनि देखिन थालेकाले यसका विरुद्ध जुध्न प्रदेश सरकार तयारी अवस्थामा रहेको छ । सबै जिल्लाबासीहरु पनि तयारी अवस्थामा रहनुहोला ।’

प्रदेश सरकारले बाढी पहिरोबाट पूर्ण क्षति भएका परिवारलाई एक लाख राहत प्रदान गर्ने भएकोले जिल्लाबाट त्यस्ता क्षति भएका घरहरुको जति सक्दो विवरण पठाउन समेत उनले निर्देशन दिएका छन् ।

प्रदेशको तनहुँ, मनाङ, गोरखा, लमजुङ जिल्लामा बढी क्षति भएको विवरण प्राप्त भएको बताउँदै उनले गण्डकी प्रदेश सरकारको कार्य सम्पादन सुशासनमा उत्कृष्ट बन्नुपर्छ भन्ने उद्देश्यले कार्यालयबाट दिइने सेवामा मूल्याङ्कन थालिने बताएका छन् । सुशासन कार्यलाई गण्डकी प्रदेश सरकारले प्राथामिकतामा राखेकोले कर्मचारीहरुले त्यसलाई शिरोधार्य गर्दै काम गर्न समेत निर्देशन दिएका छन् ।

यस्तै, मुख्यमन्त्री पोखरेलले विपक्षीले आरोप लगाएजस्तो आफ्नो सरकारले पुराना योजना नकाटेको दाबी गरेका छन् । तनहुँको दमौलीमा पहिलो पटक औपचारिक कार्यक्रममा आएका मुख्यमन्त्रीले विपक्षीले बनिसकेका योजना काटेको भनेर आरोप लगाए पनि आफ्नो सरकारले कुनै पनि बहुवर्षीय ठेक्काको रकम नकाटेको र राम्रा कामलाई निरन्तरता दिएको दाबी गरे ।

‘बजेट बनाउनु अघि अघिल्लो सरकारले ३८ अर्बको सिलिङ गरेको थियो तर श्रोत नै आउन नसक्ने भएकाले ३० अर्बमा झर्‍यो । तर पनि हामीले पहिलेका बहुवर्षीय कार्यक्रमको बजेट रोकनौं’, उनले भने, ‘केही नयाँ राम्रो शुरुवात पनि गरेका छौं ।’

कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जिल्लामै कोभिड परीक्षणको व्यवस्था गर्न मुख्यमन्त्रीसँग आग्रह गरेका थिए । व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले प्रदेश सरकारले दमौली अस्पतालको व्यवस्थापनमा विशेष चासो दिन आग्रह गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जिल्लामा भएका शान्ति सुरक्षा र विपद्बाट भएको क्षतिको बारेमा जानकारी गराएका थिए ।

दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले गोवर्द्धन आँखा उपचार केन्द्रसहित विभिन्न योजनामा प्रदेश सरकारबाट साथ पाएको भन्दै मुख्यमन्त्रीप्रति आभार प्रकट गरे।

पूर्वाधार कार्यालय तनहुँका प्रमुख ओमराज ढुंगानाले विपद्का समयमा ऋषिङ गाउँपालिकाको सडक मर्मतदेखि अहिले छाब्दी जाने पुलको समेत नियमित काम भैरहेको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker