साफ च्याम्पियनसीप उपाधिका लागि भारतसँग नेपालको भिडन्त आज

साफ च्याम्पियनसीपको १३औं संस्करणको उपाधिका लागि आज नेपाल र भारतबीच फाइनल भिडन्त हुँदैछ । नेपाल पहिलोपटक यस प्रतियोगिताको फाइनलमा पुगेको हो भने भारत ७ पटकको उपाधि विजेता हो ।

समूह चरणमा आ-आफ्ना अन्तिम खेलबाट नेपाल र भारतले फाइनलमा स्थान सुरक्षित गरेका थिए । पहिलो दुई खेल बराबरीमा रोकिएको भारतले पछिल्लो दुई खेलमा जित हासिल गर्दै फाइनलमा स्थान बनाएको हो । नेपालले भने पहिलो दुई खेल जिते पनि तेस्रो खेलमा भारतसित पराजय व्यहोरेको थियो ।

अन्तिम खेलमा बंगलादेशलाई बराबरीमा रोकेपछि नेपाल इतिहास रच्दै फाइनलमा पुगेको छ ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आज नेपाली समयअनुसार राति ८:४५ मा फाइनल भिडन्त हुनेछ । हेड टु हेडका आधारमा हेर्दा नेपालभन्दा भारत बलियो टिम हो । यद्यपि, फाइनलमा नेपाल उच्च मनोबलका साथ उत्रिने अपेक्षा गरिएको छ ।

नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आजको फाइनलपछि नेपाली टिम छोड्ने घोषणा गरिसकेका छन् । त्यसैले उनी आफ्नो बिदाई म्याचलाई स्मरणीय बनाउन चाहन्छन् । उनले नेपाललाई कस्तो रणनीतिमा उतार्छन् भन्ने चासो छ ।

यसअघि समूहचरणको खेलमा भारतसँग अति रक्षात्मक खेल्दा नेपालले १-० को हार स्वीकार्न वाध्य भएको थियो । फाइनलमा नेपालले अट्याक र डिफेन्सको सन्तुलन मिलाउनुपर्ने छ ।

साफ च्याम्पियनसीपको उपाधि जितेको खण्डमा नेपालको ऐतिहासिक सफलता हुनेछ । भारतका लागि भने यो नियमितताजस्तै बनिसकेको छ । च्याम्पियनसीपका अघिल्ला १२ संस्करणमध्ये ११ संस्करणमा भारत फाइनलमा पुगेको थियो ।

सन् २००३ को फाइनलमा मात्रै भारतले तेस्रो स्थानमा चित्त बुझाएको थियो । अन्यथा बाँकी सबै संस्करणमा भारत विजेता वा उपविजेता बनेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker