भेटेरिनरी अध्ययनका लागि म्याग्दे गाउँपालिकाले दियो विद्यार्थीलाई छात्रवृत्ति

भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाले भेटेरिनरी (१८ महिने) अध्ययन गर्ने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिएको छ । पालिका भित्रका गरिव तथा विपन्न वर्गको छात्रछात्रालाई शिक्षामा सहज पहुँच र भेटेरिनरी शिक्षामा आकर्षण गर्ने उद्देश्यले पालिकाको स्वीकृत बजेटबाट कुल रकममा ५० प्रतिशत छात्रवृत्ति दिएको हो ।

गाउँपालिकाको १२औ गाउँसभाबाट स्वीकृत बजेट तथा पुस महिनाको कार्यपालिका बैठकको निर्णयअनुसार पालिकाको पशु शाखाले जनगणपति माध्यामिक विद्यालयबाट आर्थिक वर्ष २०७८/०७९ मा भर्ना भएको ११ जना विद्यार्थीलाई छनोट गरी लाग्ने शुल्कमा ५० प्रतिशत छात्रवृत्ति दिएको लेखा अधिकृत नवराज प्रोख्रेलले बताए ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले स्थानीय व्यक्तिले भेटेरिनरी पढ्नका लागि छात्रवृत्ति अनुदान कार्यक्रम अन्र्तगत छात्रवृत्ति दिएको बताए । पालिकामा आवश्यक जनशक्ति बाहिरबाट ल्याउनुपर्ने तर स्थानीयस्तरमा जनशक्ति अभाव भएकाले गाउँपालिकाले यो कार्यक्रम अगाडि ल्याएको अध्यक्ष श्रेष्ठले बताए ।

उनले भने, ‘प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण ल्याउन र यसको महत्व बुझाइ आत्मनिर्भर बनाउने उद्देश्य अनुरुप हामीले छात्रवृत्ति दिएका हौ । ”प्राविधिक शिक्षा हासिल गरिसकेपछि कोही पनि वेरोजगार बस्नुपर्ने अवस्था हुँदैन’, अध्यक्ष श्रेष्ठले भने, ‘गाउँपालिकाले स्थानीय विद्यार्थीलाई यो शिक्षाको महत्व दर्शाउन यो आर्थिक वर्षमा ११ जना विद्यार्थीलाई अनुदानको व्यवस्था गरेका छौ र यो कार्यक्रम निरन्तर रहनेछ ।’

जनगणपति माध्यामिक विद्यालयमा प्रि-डिप्लोमा भेटेरिनरी (१८ महिने) कक्षा सञ्चालन भएसँगै यहाँ उक्त विषय पढ्ने विद्यार्थीको आकर्षा बढेको छ । पालिकाले भेटेरिनरी पढ्न लाग्ने कुल खर्च ५० हजार मध्येको ५० प्रतिशतले हुन आउने रकम २५ हजारको दरले ११ जना विद्यार्थीको २ लाख पचहत्तर हजार रुपैयाँ पालिकाबाट दिइने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker