डुम्रे-बेंसीसहर सडक बिस्तार : तनहुँ खण्डमा काम तीब्र, १९ प्रतिशत भौतिक र १७ प्रतिशत आर्थिक प्रगति

भञ्ज्याङ समाचारदाता/दमौली

डुम्रे-बेंसीसहर सडक दुइ लेनसहितको कालोपत्र बनाइने भएको छ । यसअघि ३ दशमलव ७५ मिटरको क्यारिज वे (भारवाहन सडक)लाई ७ मिटरको बनाउन लागिएको हो । दायाँबायाँ १/१ मिटरको ‘सोल्जर’ हुने उक्त सडकमा आवश्यकताअनुसार १/१ मिटरको नाली निर्माण गरिने भएको छ ।

डुम्रे-बेंसीसहर सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/१५ मिटरको हुनेछ । यसमा १०/१० मिटरको लगतकट्टा भइसकेको छ । अधिग्रहण गरेकोमध्ये चौडाइ ११ मिटरमा सडक संरचना बन्ने भएको छ ।

तनहुँको डुम्रेदेखि लमजुङतर्फ निर्माण हुने यस सडक अहिले डुम्रे बजार नजिकैबाट २ लेनको बनाउन थालिएको डुम्रे-बेंसीसहर-चामे सडक योजनाका सूचना अधिकारी इन्जिनियर पुरुषोत्तम अधिकारीले बताए । उनका अनुसार डुम्रेबाट २२० मिटर अगाडिदेखि ८ दशमलव ३ किलोमिटर चाम्बाससम्म पहिलो चरणमा २ लेन सडक बिस्तारको काम भइरहेको छ । हाल सडक विस्तारको १९ प्रतिशत भौतिक र १७ प्रतिशत आर्थिक प्रगति भएको सूचना अधिकारीले बताए ।

उक्त सडक खण्डमा सडकको चौडाइ पुर्‍याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउने, नाली बनाउने लगायत काम भइरहेको छ । सडकमा ‘अस्फाल्ट’ किसिमको कालोपत्र हुने र कालोपत्र सकिएपछि रोड फर्निचर (पेन्टिङ) गर्ने र किलोमिटर पोस्ट राखिने योजनाका सूचना अधिकारीले जानकारी गराए ।

४२ किलोमिटर दुरीको डुम्रे-बेंसीसहर सडक डुम्रेदेखि लमजुङ सीमा पाउँदीसम्म २४ किलोमिटर छ । २४ किलोमिटरको पहिलो चरणमा ८ दशमलव ८ किलोमिटर सडक २०८० कात्तिक २२ सम्म सक्ने गरी आशिष अनेस्ट जेभीले गत वैशाख २२ मा सम्झौता गरेको छ । डुम्रे-बेंसीसहर-चामे सडक योजना प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार २ लेनको सडक निर्माण कार्य ३० महिनामा सक्ने गरी सम्झौता भएको छ ।

उक्त सडकका लागि भ्याट र पीएस बाहेक ७५ करोड ९४ लाख ९७ हजार रुपैयाँको लागत अनुमान गरिएकामा आशिष अनेस्ट जेभीले ३८ करोड ९ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । पहिलो चरणको कामसँगै अन्य सडकको काम पनि अघि बढाउने तयारी भएको बताइएको छ ।

तनहुँको डुम्रेबाट २०२९ मा खन्न सुरु गरिएको सडक बेंसीसहरको ४२ किलोमिटरसम्म पुर्‍याउन साढे एक दशक लागेको थियो । २०४६ मा ट्रयाक खोलेकोमा २०५२ देखि सिंगल लेनको कालोपत्र थालिएको थियो । ४ वर्षमा ४२ किलोमिटर सडकको कालोपत्र भएपछि तत्कालीन निर्माण तथा यातायातमन्त्री ओमकार श्रेष्ठले उद्घाटन गरेका थिए ।

उक्त सडक निर्माणयता स्तरोन्नति हुन सकेको थिएन् । मन्त्रिपरिषद् बैठकले डुम्रे-बेंसीसहर-चामे सडकलाई राजमार्ग बनाएको छ । समयमा प्रक्रियागत काम नहुँदा विगत वर्षहरूमा विनियोजित बजेट ‘प्रिmज’ हुँदै आएको थियो ।

सडक विस्तार कार्य अगाडि बढेसंगै सागुरो सडक र बैकल्पिक सडक नभएका कारण यस मार्गमा सञ्चालन हुने यातायात र यात्रुहरुले सास्ती झेल्दै आएका छन् । पछिल्लो समय भएको हिउँदे झरीका कारण सडक हिलाम्य हुँदा सडक विस्तार भएको क्षेत्र पार गर्न घण्टौं समय लाग्नुका साथै दुर्घटनाको जोखिम समेत बढेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker