`बीस बर्ष पारि बिवाह´ गर्ने युवतीलाई व्यासले प्रोत्साहन रकम दिने

भञ्ज्याङ न्यूज

‘बिवाहबरी बीस बर्ष पारि’ भन्ने अभियानलाई व्यास नगरपालिका कार्यालयले व्यवहारमा लागु गर्ने भएको छ । उमेर नपुग्दै बिवाह गर्ने पराम्परालाई निरुत्साहित गर्दै उमेर पुगेपछि गरिने बिवाहलाई प्रोत्साहन गर्न  नगरपालिकाले यस्ता कार्यक्रम ल्याएको हो ।

उमेर पुगेपछि बिवाह गर्ने युवतीलाई व्यास नगरपालिकाले रु. दश हजार  भत्ता  प्रदान गर्ने योजना रहेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । बिवाह गर्न लागेको निमन्त्रणा नगरपालिकालाई आए बिवाहमा सहभागि भएर  गर्दुवा स्वरुप उक्त रकम दिइने उहाँले बताउनुभयो ।

त्यसैगरी नगरपालिकाले स्नातक उत्तीर्ण गरी बेरोजगार  बसेका महिलालाई अनुदान दिने मापदण्ड समेत पारित गरेको छ । शुरुमा केही गरौं भनेर रु.पन्ध्र लाख बजेट बिनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

बिदेशबाट फकिएका युवाहरुलाई उद्यमशीलता तर्फ आर्कर्षित गर्न रु.पचास लाख बजेट बिनियोजन गरिएको छ । संघीय बजेट र नगरपालिकाको आन्तरिक बजेट गरी करिब रु.तीन करोडको हाराहारीमा बजेट बिनियोजन गरिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।

संग्रहालय व्यवस्थापन गर्ने, जनजातीय पहिचान अघि बढाउने, साँस्कृतिक पक्षलाई महत्व दिने, दलित जातिहरुको जातिय पराम्परागत पेशा, व्यवसायलाई संरक्षण र प्रोत्सान लगायतका कार्यलाई महत्व दिइने नगरपालिकाले जनाएको   छ ।

फोहोरमैलाबाट उर्जा उत्पादन गर्न विभिन्न अनौपचारिक प्रस्तावहरु आइरहेको हुदाँ इच्छुक कम्पनी वा संस्थाहरुसंग लागत साझेदारीका आधारमा नियमानुसार प्रस्ताव माग गरेको छ ।  नगरपालिका अन्तरगत कार्यरत बालबिकास शिक्षक, माध्यमिक विद्यालयका लेखापाल र विद्यालयका कार्यालय सहयोगीहरुलाई पारिश्रमिक तय गरेको छ ।

उनीहरुलाई क्रमश : पन्ध्र हजार एक सय र रु.चौध हजार पाँच सयका दरले श्रावण महिनादेखि पारिश्रमिक उपलब्ध गराउदै आएको नगरपालिकाका सुचना प्रविधि अधिकृत बिशाल पण्डितले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker