तनहुँ काग्रेसको सचिवमा खनालको उम्मेदवारी घोषणा
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेसका युवा नेता लक्ष्मीभक्त खनालले जिल्ला सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । खनालले बिहीबार १४औ महाधिवेशनमा पार्टीको जिल्ला सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
कांग्रेसको जिल्ला अधिवेशन मंसिर १० गते हुँदैछ । कांग्रेसलाई चलायमान बनाउनका लागि आफ्नो उम्मेदवारी रहने खनालले बताए । संगठन सुदृढीकरणका साथै गाउँगाउँमा पुगेर जनताको सेवा गर्ने उद्देश्यका साथ जिल्ला सचिवमा उम्मेदवारी दिने खनालले बताए । उनले पार्टीका कार्यकर्ताका साथै आमजनताको सेवा गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् ।
दुइ पटक नेपाल विद्यार्थी संघको अध्यक्ष भएका खनाल हाल जेसीआई व्यास नगरका अध्यक्ष हुन् । सामाजिक सेवामा सक्रिय खनाल युवामाझ लोकप्रिय छन् । खनाल हाल नेपाली कांग्रेस जिल्ला आमन्त्रित सदस्य समेत हुन् । खनाल नेपाल विद्यार्थी संघका पूर्व सहमहामन्त्री पनि भइसकेका छन् ।










