तनहुँको पत्रकार कल्याणकारी कोषमा ढुंगाना र देवानको आर्थिक सहयोग
भञ्ज्याङ न्यूज

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा व्यास-३ दमौलीकी विप्लता ढुङ्गानाले आर्थिक सहयोग प्रदान गरेकी छन् । ढुङ्गानाले महासंघ तनहुँ शाखाका सदस्य पवन पौडेलाई २ हजार ५०० रुपयाँ रकम हस्तान्तरण गरेकी हुन् ।
तनहुँ बिभिन्न सामाजिक संघ संस्थामा समेत समाजिक अभियन्ताको रुपमा रहेकी ढुंगनाले आफ्नो जन्मदिनको अवसरमा सो रकम हस्तान्तरण गरेकी हुन । जन्मदिनमा हुने खर्च कटाएर पत्रकार कल्याणकारी कोषमा सहयोग गरेको बताइन् ।
यस्तै, उक्त कोषका लागि बन्दिपुर गाउँपालिका-१ डुम्रेका ब्यवसायी घनश्याम देवानले पनि आर्थिक सहयोग प्रदान गरेका छन् । देवानले महासंघ तनहुँका उपाध्यक्ष डीपी अधिकारीलाई दुइ हजार रुपैयाँ उपलब्ध गराएका हुन् ।
तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका देवान तनहुँका बिभिन्न सामाजिक संघ संस्थामा आवद्ध छन् । पत्रकार कल्याणकारी कोषमा आगामी दिनमा समेत थप सहयोग गर्ने देवानले प्रतिवद्धता जनाएका छन्।










