व्यास १ को वडा कार्यालयको सेवा आफ्नै भवनबाट सुरु

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले वडा नं. १ को वडा कार्यालय भवन उद्घाटन गरिएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले एक कार्यक्रमका बीच सोमबार उद्घाटन गरी वडा कार्यालयको काम आफ्नै भवनबाट शुभारम्भ गराएका हुन् । नगरप्रमुख न्यौपानेलेले भवन निर्माणसंगै अब आफ्नै भवनबाट सेवाग्राहीलाई सेवा दिन सहज हुने विश्वास व्यक्त गरे । व्यास-१ को वडा भवन निर्माण सम्पन्नसंगै व्यास नगरपालिका मातहतमा रहेका १४ वटै वडाहरु भाडामुक्त बनेको उनले बताए ।

नगरपालिकाले बजेट बिनियोजनमा सबै वडालाई समानुपातिक ढंगले बितरण गरेर वडा भवन निर्माण कार्यलाई तीब्रता दिइएको बताउँदै नगरप्रमुख न्यौपानले नगरपालिकाबाट बिनियोजित करिब ७० लाखको लागतमा भवन निर्माण सम्पन्न भएको बताए ।

स्थानीय छविजंग बंशी ठकुरीले करिब चालिस लाख रुपैयाँ मूल्य बराबरको आठ आना जग्गा निःशुल्क उपलव्ध गराएपछि भवन निर्माण गरिएको वडाध्यक्ष खरसिंह दरैले बताए । वडा कार्यालयको लागि जग्गा अपुग हुने देखिएकोले थप आठ आना जग्गा खरिदको लागि प्रक्रिया अघि बढाइएको बताइएको छ । विपद् र कोभिडका कारण सोचे अनुरुप अझै काम गर्न नसकेको र नगरपालिकाले दुइ चरणमा गरी उक्त बजेट बिनियोजन गरेपछि तीन ढलानको भवन निर्माण गरिएको बताइएको छ ।

भवन उद्घाटन समारोहमा जग्गा दाता ठकुरीलाई दोसल्ला र प्रमाणपत्रले सम्मानित गरिएको थियो । वडाध्यक्ष दरैको सभापतित्वमा आयोजित कार्यक्रममा नगरपालिकाकी उपप्रमुख मिरा जोशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, नेकपा समाजबादी केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, कांग्रेसका जिल्ला सचिव बिश्व बास्तोला, जिल्ला समन्वय समितिका सदस्य केश बहादुर सुनार, संस्थापक नगरप्रमुख ताराप्रसाद श्रेष्ठ, वडा भवनको जग्गा छनौट समितिका अध्यक्ष रमेशचन्द्र हडखले, कांग्रेस व्यासनगर सभापति सूर्यचन्द्र हड्खले, नेकपा एमाले व्यास नगर कमिटी सचिव ज्ञानेन्द्र बसौला, भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष चिजबहादुर दरै, टोल संस्थाको तर्फबाट मणिजंग बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker