बन्दीपुरको पहाडपानीमा सिढी निर्माण

पर्यटकीय नगरी तनहुँको बन्दीपुरस्थित पहाडपानी महादेव थान जानका लागि सिढी निर्माण गरिदै । परापूर्व कालमै निर्माण गरिएको पानीको पहराको फेदमा ढुंगा खोपेर कुवा भएको, पानी पिउने, लुगा धुने व्यवस्थित ठाउँ रहेको हुँदा गाउँपालिका तथा स्थानीय पर्यटन व्यवसायीले यस क्षेत्रलाई पर्यटकीय पूर्वधारका रुपमा विकास गर्दै लगेका छन् ।
बन्दीपुरमा खडेरी पर्दा गुरुङ्चे डाँडाको चमुण्डामाई र पहाडपानी महादेवको प्राथना वर्षा हुने जनविश्वास रहदै आएको छ । यहाँ रेलिङ सहितको पाटी, पोखरी र त्यसको छेउमा शिवलिङ्ग स्थापना गरिएको छ ।

धार्मिक गन्तव्यको हिसाबले पहाडपानी देवीको रुपमा पूजाआजा गरिनुका साथै गर्मी छल्न आउने पर्यटकले शितल तथा आनन्द लिन सक्ने छन् । पाउन सकिन्छ । शिवको मन्दिर र सीताको पाइला रहेको पहाडपानी क्षेत्रलाई संरक्षण गर्न थालिएको छ । यो ठाउँको सौन्दर्य बढाउन टुँडिखेल क्षेत्रका बासिन्दाले पहाड पानीको तल्लो भागमा बाँध बाँधेर ताल बनाउने तयारी गरेका छन् ।
टुँडिखेल जाने बाटोमा पालिका जाने मोटरबाटोको नजिकै पुरानो सिढीबाट ओरालो झरेर ५ मिनेटको दुरी हिडेपछि पहाडपानी पुग्न सकिन्छ । तस्विर : भञ्ज्याङ










