नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट जेएन १ पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन १ पुष्टि भएको छ । पीसीआर तथा एन्टिजेन परीक्षणमा कोभिड १९ पुष्टि भएकाहरु मध्येको १६ वटा नमूनको जिनोमी सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गर्दा ७ वटा नमूनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन १ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिड १९ को नयाँ सव भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सबै हेल्थ डेस्कहरु, स्वास्थ्य कार्यालयहरुमार्फत आवश्यक स्क्रिनिङ र निगरानी निरन्तर गर्न र स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले कोरोना संक्रमण र संक्रमणको फैलावट रोकथाम गर्नका लागि भीडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुन पानीले हात धुन पनि सबैलाई अपिल गरेको छ ।

कोभिड-१९ को नयाँ भेरियन्ट जेएन १ परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ले गर्दा तीव्र र छोटो अवधिमा फैलिने गर्छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार जेएन १ भेरियन्ट पहिलो पटक सेप्टेम्बर अमेरिकामा पत्ता लागेको थियो । यो ओमिक्रोन भेरिएन्टको ‘सब भेरिएन्ट’ हो । विश्व स्वास्थ्य संगठनले यसलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ भनेको छ र, विश्वव्यापी रुपमा फैलन सक्ने बताएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker