तनहुँमा बन्दको प्रभाव

भञ्ज्याङ समाचारदाता/दमौली

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्ध भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दको प्रभाव तनहुँमा पनि परेको छ । बन्दका कारण जिल्लाका बजार क्षेत्रका व्यापार व्यवसाय बन्द हुन पुगे भने शैक्षिक संस्थाहरु पनि खुल्न सकेनन् । बन्दका कारण जिल्लाका बैंक तथा वित्तिय संस्था आशंकि रुपमा खुलेका थिए भने सरकारी कार्यालयहरु खुलेपनि सेवाग्राहीको उपस्थिति भने न्यून रहेको थियो ।

पृथ्वीराजमार्गमा सञ्चालनमा आएका सवारी साधानलाई तनहुँ प्रहरी स्कटिङ गरी जिल्लाको सिमा कटाएको थियो भने भित्री तथा ग्रामीण सडकमा यातायातका साधान सञ्चालनमा नआउँदा र्सवसाधारणले सास्ति झेल्नुपरेको थियो ।

त्यस्तै, मंगलबार बिहानै बजार बन्द गारउन हिड्का बन्दकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तनहुँ प्रहरीले दमौलीबाट ११ जना र डुम्रे बजारबाट २ जनालाई नियन्त्रणमा लिईको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध शान्तिपूर्ण बन्दको तयारी हुँदै गर्दा नेता कार्यकर्ता पक्राउ गरिएको पार्टीका जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य पूर्णजित पुनले जानकारी गराएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker