खुल्यो बेंसीसहर-चामे सडक

भञ्ज्याङ समाचारदाता/लमजुङ

पहिराले अवरुद्ध बनाएको लमजुङ र मनाङ जोड्ने एक मात्र बेँसीसहर-चामे सडक पुनः सञ्चालनमा आएको छ ।
आज बिहान ७ बजे गएको पहिरोले यस सडकखण्ड अन्तर्गत खरखरे भीर, हवाई डाँडा, बक्स कटिङ र च्याम्चेमा अवरुद्ध बनाएको थियो । डुम्रे बेँसीसहर-चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीका अनुसार बेँसीसहर नगरपालिका-६ खरखरे भीर, मर्स्याङ्दी गाउँपालिका-४ स्थित उक्त तीन ठाउँमा गएको पहिरो हटाएसँगै आज दिउँसोदेखि पुनः सडक सञ्चालनमा आएको हो ।
उक्त कार्यालयका अनुसार प्रत्येक पहिराले १५/२० मिटर सडक अवरुद्ध बनाएको थियो । सडक खुलेसँगै अलपत्र परेका सवारी साधनहरू यतिबेला सञ्चालनमा आएको उहाँको भनाइ छ । यस सडकखण्डमा दिनहुँजसो पहिराले सडक अवरुद्ध हुने गर्नाले यात्रुलाई सास्ती हुँदै आएको छ । यसअघि शनिबार नासों गाउँपालिका-१ ताल डाँडामा पहिरोले सडक अवरुद्ध बनाएको थियो । त्यस्तै, छ दिन अघिसमेत यस सडकको विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध बनाएको थियो । पैँसठ्ठी किलोमिटरको यस सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।
उक्त कार्यालयका अनुसार मनाङ जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजना नेपाली सेना कार्यगणले विसं २०६९ मा सडक निमार्ण्र्ााार्य सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेपछि सवारी साधन सञ्चालन हुँदै आएको छ । तर सडक भने बाढी पहिराका कारण झनझन जीर्ण र जोखिम हुँदै जाँदा मनाङवासीलाई मर्का पर्दै आएको छ । लामो समयसम्म यस सडक अवरुद्ध हुँदा जिल्लाबाहिर जान महँगो शुल्क तिरेर हवाइजहाजमा बेँसीसहरसम्म आउनुपर्ने अवस्था छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker