मादीको पानी वितरणका लागि भादगाउँमा पाइप बिच्छयाउन सुरु

भञ्ज्याङ न्यूज

व्यास नगरपालिका-१ भादगाउँस्थित मादीनदी लिफ्ट खानेपानी आयोजनाको खानेपानी पाइप बिच्छयाउने कार्य सुरु गरेको छ। वडामा कूल ५२ किलोमिटर दूरीमध्ये हाल सात किलोमिटर दूरीमा पाइप बिच्छयाउने कार्य सम्पन्न भएको छ ।

करिब तीन फिट गहिरो खाडल खनेर पाइप पुर्ने कार्यका लागि जनशक्ति परिचालन गरिएको भादगाउँ खानेपानी तथा उपभोक्ता संस्थाका व्यवस्थापक इश्वर श्रेष्ठले बताए।

व्यास नगरपालिका-४ को मादी नदी किनारबाट करिब पाँच किलोमिटर दूरीबाट पानी ल्याएर वडावासीलाई पानी वितरण गर्ने योजना रहेको छ । व्यास नगरपालिका-१ को अमिली भञ्याङमा चार लाख लिटर मुख्य टयाङ्की र सोही वडाको भदु्रडाँडामा पचास हजार लिटर क्षमताको गरी दुइ वटा रिर्जभ टयाङ्की निर्माणकार्य भइरहेको छ।

समितिले टयाङ्की निर्माणको लागि करिब पाँच रोपनी जग्गा प्रयोगमा ल्याएर काम थालेको छ। रिजर्भ टयाङ्कीको भूइँ ढलान गर्ने कार्य दसैंँअघि सम्पन्न गरी अहिले आरसीसी पर्खाल लगाउन थालिएको छ । मादी नदीबाट प्रतिसेकेण्ड २६ लिटर पानीको क्षमता रहने प्राविधिकले बताएका छन् ।

पानी धान्न सक्ने किसिमको फिल्टर प्लान्ट निर्माण गरिनेछ । व्यवस्थापक श्रेष्ठले भने, “मुख्य प्लान्टको कार्य सकिएपछि तिहारपछि मादीनदी किनारमा लिफ्ट क्षेत्रको काम गरिने छ ।” खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भई बोलपत्रदाताले पेस गरेको ठेक्का कबोल खानेपानी आपूर्तीतर्फ रु १५ करोड २४ लाख ३६ हजारमा सम्झौता भएको हो ।

उपभोक्ताबाट संकलित पाँच प्रतिशत अर्थात रु एक करोड ३१ लाख खातामा जम्मा गरिसकेपछि मात्रै आयोजनाको सम्झौता भएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले बताए ।

नेपाल सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ । विसं २०८० भदौभित्र आयोजना निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो । विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा र्सार्वजनिक धाराबाट सुरुआत गरेको संस्थाले हालसम्म दुइ हजार ६०० बढी निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker