एमाले महाधिवेशन तयारी पुरा : ४ मुलुकका पाहुना हसभागि, २५ देशले पठाए शुभकामना

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाका ८ राजनीतिक दलका नेताहरू सहभागी हुने भएका छन् । चीनलगायत अन्य २५ देशका दलहरूले भने शुभकामना सन्देश पठाएका छन् । एमालेको विदेश मामिला विभागले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शुक्रबारदेखि हुने राष्ट्रिय महाधिवेशनमा सहभागी हुने विदेश पाहुनाका विषयमा जानकारी दिएको हो ।

एमालेको महाधिवेशन शुक्रबारदेखि चितवनमा हुँदैछ । विदेश विभाग प्रमुख राजन भट्टराईले चार देशका ८ वटा राजनीतिक दलका १५ जना पाहुना महाधिवेशनमा सहभागी हुने जानकारी दिए ।

भारतीय जनता पार्टी (बीजेपी)सहित पाँच दलका प्रतिनिधिले महाधिवेशनमा भाग लिने भएका छन् । बीजेपीका तर्फबाट पूर्वस्वास्थ्यमन्त्री डा. हर्षबर्द्धन र राष्ट्रिय सचिव हरिश द्विवेदी काठमाडौं आइपुगेका छन् । त्यस्तै, भाकपाबाट पल्लव सेन गुप्ता, भाकपा मार्क्सवादीबाट जोगेन्द्र शर्मा, भाकपा मार्क्सवादी लेनिनवादी लिब्रेसनबाट वीरेन्द्रप्रसाद गुप्ता र सन्दीप सौरभ आउने नेता भट्टराईले बताए । त्यस्तै, श्रीलंकाबाट जनता भिमुक्ति पेरामुना पार्टी (जेभीपी) का भिजेथा हेराथ सहभागी हुनेछन् ।

कम्बोडियाबाट सुस याराको नेतृत्वमा चार सदस्यीय डेलिगेसन टोली आउनेछ । बंगलादेश कम्युनिष्ट पार्टीको तर्फबाट हसन तारिक चौधरीको नेतृत्वमा तीन सदस्यीय पाहुना टोली काठमाडौं आइपुगेको छ । एमालेले विदेश पाहुनाहरूलाई काठमाडौंमा सोल्टी होटलमा राख्ने व्यवस्था मिलाएको छ भने चितवनमा ग्रीन मेनसन होटलमा पाहुनाहरूको बसोबासको व्यवस्था मिलाएको छ ।

नेता भट्टराईले महाधिवेशन सफलताको कामनासहित विभिन्न २५ देशबाट शुभकामना सन्देश प्राप्त भएको जानकारी दिए । कोरोनाका कारण चीनबाट प्रतिनिधिमण्डल आउन नसकेको उनले बताए । ‘चीन हाम्रो नजिकको छिमेकी मुलुक हो । पार्टीगत रुपमा पनि चीनसँग हाम्रो सघन र सुमधुर सम्बन्ध छ । तर, उहाँहरू कोरोनाकै कारण आउन नसक्ने बताउनुभएको छ । अन्य कारण छैन । यसपटक कोरोनाकै कारण धेरै देशहरूले शुभकामना सन्देशमात्रै पठाएका छन्,’ भट्टराईले भने ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker