प्रयोगविहीन बनेको तनहुँ–गोरखा जोड्ने पुल पुनःप्रयोगका लागि आँबुखैरेनीको प्रयास

आँवुखैरेनी : तनहुँ र गोरखालाई जोड्ने मस्र्याङ्दी नदीमाथि बनेको एक पक्की पुल लामो समयदेखि प्रयोगविहीन रहेको छ । प्रयोगविही बनेको उक्त पुललाई पुनःप्रयोगका लागि आँबुखैरेनी गाउँपालिकाले पहल सुरु गरेको छ ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानले उक्त पुललाई चितवन र तनहुँ जोड्ने गरी त्रिशूली नदीमा पुनःस्थापना गर्न सकिने सम्भावनाबारे प्राविधिक सुझाव मागेका छन् ।

करिब १०० मिटर लम्बाइ र २.५ मिटर चौडाइको सो पुल विगतमा मस्र्याङ्दी नदी पार गरेर तनहुँ–गोरखा बीच आवागमन सहज बनाउन निर्माण गरिएको थियो । तर त्यही स्थानमा नयाँ पक्की पुल सञ्चालनमा आएपछि पुरानो पुल प्रयोगविहीन अवस्था रहेको छ ।

“सामग्री र संरचना दुबै प्रयोगयोग्य अवस्थामा छन्’, अध्यक्ष चुमानले भने, ‘यदि यसलाई उचित स्थानमा पुनःस्थापना गर्न सकियो भने स्थानीयवासीलाई ठूलो राहत मिल्नेछ । आँबुखैरेनी–४, पाँच किलो क्षेत्रबाट चितवनतर्फ त्रिशूली नदी पार गर्न उक्त पुल उपयोगी हुन सक्छ ।’

पुल पुनःप्रयोगका लागि गाउँपालिकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग औपचारिक छलफल अघि बढाउने तयारी गरेको छ । अध्यक्ष चुमानले भने, ‘पहिले प्राविधिक हिसाबले सम्भव छ कि छैन भन्ने विषयमा विज्ञसँग परामर्श लिँदैछौं ।’

स्थानीय बासिन्दा विरन्द्र गुरुङका अनुसार त्रिशूली नदी पार गर्न दैनिक जोखिम मोलेर हिँड्नुपर्ने अवस्था छ। उनले भने, ‘यदि पुरानो पुल त्यहाँ जडान गर्न सकियो भने आवागमनमा ठूलो सहजता आउनेछ ।’

यो योजना सफल भएमा सरकारी लगानीमा बनेको संरचना पुनःउपयोगमा ल्याउने सकारात्मक उदाहरण बन्ने र स्थानीय यातायात प्रणालीमा सुधार ल्याउने अपेक्षा गरिएको छ । गाउँपालिकाले अब सम्बन्धित निकायसँग समन्वय गर्दै सम्भाव्यता अध्ययन अघि बढाउने तयारी गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker