तनहुँका स्थानीय तहले ल्याए करिब ८ अर्ब बराबरको बजेट, कुन पालिकाको कती ?

तनहुँ : तनहुँका स्थानीय सरकारहरूले आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट सार्वजनिक गरेका छन् । जिल्लाका चार नगरपालिका छ गाउँपालिकाले आगामि आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित करिब आठ अर्ब रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेका छन् ।
व्यास नगरपालिकाले बुधबार आयोजित नगर सभाको ४५औं अधिवेशनमा आगामि आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ५० करोड २० लाख १ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । नगर उपप्रमुख इन्दिरा दरैले चालुतर्फ १ अर्ब २ करोड ३७ लाख ६२ हजार रुपैयाँ र पुँजीगततर्फ ४७ करोड ८२ लाख ३९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।
शुक्लागण्डकी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को लागि १ अर्ब १३ करोड ५४ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्ताव गरेको छ । नगर उपप्रमुख खुमबहादुर विक -राजु)ले सोमबार आयोजित नगर सभा तथा १९औं नगर अधिवेशनमा पूर्वाधार तर्फ रु ३ करोड ५१ लाख ७८ हजार, सामाजिक विकास तर्फ रु ३ करोड ४२ लाख ५२ हजार, आर्थिक विकास तर्फ रु ९२ लाख ५७ लाख, वातावरण तथा विपद व्यवस्थापन तर्फ रु ९२ लाख ५७ हजार विनियोजन गरिएको छ ।
यस्तै, सुशासन तथा संस्थागत विकास तर्फ रु ४६ लाख २८ हजार, चालू प्रशासनिक खर्च रु १६ करोड, अनिवार्य दायित्व भुक्तानी तर्फ रु १० करोड, राजश्व फिर्ता तर्फ रु १ करोड, जनसहभागिता तर्फ रु १ करोड ५० लाख र वडागत सिलिङतर्फ रु ९ करोड २५ लाख ७४ हजार विनियोजन प्रस्ताव गरिएको उपप्रमुख विकले जानकारी गराए ।
भिमाद नगरपालिका नगरसभाको २२औं अधिवेशनमा उपप्रमुख शारदा खनालले आगामि आर्थिक वर्ष २०८३/०८४ का लागि रु ६३ करोड ५४ लाख ५५ हजारको अनुमानित बजेट प्रस्तुत गरेकी छन् ।
भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामेले आर्थिक वर्ष २०८३/०८४ का लागि ८४ करोड ३८ लाख ९० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी छन् । प्रस्तुत बजेट अनुसार चालु आर्थिक वर्षमा कुल संशोधित आय रु. ८० करोड ८० लाख ४८ हजार २९१ पुगेको छ, जुन प्रस्तावित आयको ८६.१३ प्रतिशत हो ।
खर्चतर्फ चालु खर्चमा रु. ४७ करोड ६९ लाख ६३ हजार ८८९ अर्थात् ७४.५६ प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्च रु. ८ करोड ९८ लाख २ हजार ३५ अर्थात् ३०.०८ प्रतिशत रहेको छ । हालसम्म चालु र पुँजीगत दुवै शीर्षकको औसत खर्च ६४.४१ प्रतिशत पुगेको नगरपालिकाले जनाएको छ ।
यस्तै, म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ७४ करोड ३२ लाख ७८ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको सोमबार आयोजित गाउँसभामा उपाध्यक्ष बालकृष्ण घिमिरेले चालुतर्फ रु ४७ करोड ९३ लाख र पुँजीगततर्फ रु २६ करोड ३९ लाख ४५ हजार विनियोजन गरिएको घिमिरेले जानकारी दिए ।
घिरिङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम साथै बजेट गाउँसभाको २०औँ अधिवेशनबाट पारित गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु. ५० करोड रुपैयाँ बराबरको बजेट साभामा पेश गरेको छ ।
बन्दीपुर गाउँपालिकाले ६८ करोड ७८ लाख ८० हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ भने ऋषिङ गाउँपालिकाले ५३ करोड ६२ लाख ५० हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । देवघाट गाउँपालिकाले  ५५ करोड ५८ लाख ६७ हजार प्रस्ताव गरेको छ । जस अनुसार चॉल खर्च तर्फ ३९ करोड १७ लाख ५० हजार र पूँजीगत तर्फ १६ करोड ४१ लाख १७ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको गाउँपालिकाले जनाएको छ ।
आँवुखैरेनी गाउँपालिकाले ६४ करोड ८ लाख ३२ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्ताव गरेको छ । प्रस्तावित बजेट अनुसार चालुतफू ६२ दशमलव २२ प्रतिशत र पूँजीगत तर्फ ३७ दशमलव ७८ प्रतिशत रहेको गाउँपालिकाले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker