बन्दीपुरको ऐतिहासिक चन्द्रगढीको पुनःनिर्माण

पहाडकी रानी उपनाउँले परिचित बन्दीपुर–५ स्थित ऐतिहासिक चन्द्रगढीको पुनः निर्माण गरिएको छ । संरक्षणको अभावमा अलपत्र अवस्थामा रहेको उक्त गढीको गाउँपालिकाको सक्रियतामा संरक्षण गरिएको हो ।

बाइसे–चौबिसे राज्यको पालामा रहेको सो गढी लामो समयदेखि भग्नावशेषरुपमा रहेकाले पुनःनिर्माण गरी संरक्षण गर्न लागिएको बन्दीपुर गाउँपालिका कार्यालयले जनाएको छ । बन्दीपुर गाउँपालिकाले रु पाँच लाख बजेट विनियोजन गरी गढीको पुनःनिर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पैदलमार्ग निर्माण कार्य अघि बढाइएको छ । उक्त दरबारमा ढाल, खुँडा र तरबार हराउँदै गएकाले गाउँपालिकाले त्यसको संरक्षण गरी आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

चन्द्रकोट गढीको इतिहासको खोजी गरी पर्यटकीयस्थलका रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले गढीको संरक्षण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । उक्त गढी पुरातात्विक महत्व बोकेको स्थान भएकाले पुनः निर्माण गरी संरक्षण गरिएको उहाँको भनाइ छ ।

त्यसैगरी बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट सुरु गरी मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करिब चार किलोमिटर दूरीको मिनी ग्रेटवाल पनि पर्यटकको रोजाइ बन्ने गरेको छ । बन्दीपुरले रु एक करोड खर्च गरी चीनको जस्तै झझल्को दिने गरी निर्माण गरेको मिनिग्रेटवालतर्फ पर्यटक आकर्षित हुने गरेका अध्यक्ष थापा बताउनुहुन्छ ।

बन्दीपुरमा ‘मिनीग्रेटवाल’ निर्माणपछि पर्यटकको आगमनमा वृद्धि भएको छ । अहिले बन्दीपुरमा आन्तरिक र बाह्य गरी दैनिक करिब दुई हजारभन्दा बढी पर्यटक आउन थालेका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । बन्दीपुर गाउँपालिका र संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको साझेदारीमा मिनीग्रेटवालको निर्माण प्रक्रिया अघि बढाइएको हो । रु तीन करोड ५० लाखको लागतमा निर्माण प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker