तनहुँमा ३७ मानवअधिकार उल्लंघनका घटना

तनहुँमा पछिल्लो ६ महिनामा ३७ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको तथ्याङ्क सार्वजनिक गरिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक)ले बुधबार दमौलीमा एक कार्यक्रमको आयोजना गरी उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

इन्सेकले यो अबधिमा ३५ महिला र ३ पुरुष सहित ३८ जना पीडित भएको जनाएको छ। दमौलीमा बुधबार आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक-२०२५ का लागि संकलित घटनाहरुको अर्धवार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराइले तनहुँमा ६ महिनाको अवधिमा भएका मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरुका विषयमा विवरण र्सार्वजनिक गरेका थिए ।

इन्सेकका अनुसार यस अवधिमा तनहुँमा घरेलु हिंसाका १९, बलात्कार र बलात्कार प्रयासका १०, हत्याको ३, कुटपिटको २, मानव बेचविखचको १, बहुविवहाको १ र बालविवहाको १ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका थिए।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मानव अधिकारको घटना राज्यसँग सम्बन्धित हुने भएकाले राज्य पक्ष यस विषयमा अलि बढि संवेदनशिल बन्नु पर्ने बताए । राज्य मानवअधिकारको संरक्षक भएको हुँदा राज्यका निकायले कर्तव्य पालनाको क्रममा नागरिकको मानवअधिकारको पनि सम्मान गर्नुपर्ने उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख अपिलराज बोहोराले प्रहरीले मानवअधिकार हनन्का घटनामा शुन्य सहनशिलताको नीति लिएको बताए । मानवअधिकारको संरक्षण र सम्बर्द्धनका लागि प्रहरीले विभिन्न स्थानमा सचेतनाको कार्यक्रम गर्दै आईरहेको भन्दै उनले राज्य नै मानव अधिकारको मुख्य संरक्षक भएको भन्दै मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरु नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का जिल्ला उपाध्यक्ष राजेश्वर ढकालले मानवअधिकारको विषयलाई इन्सेकले राम्रोसँग उठान गरेको बताए । इन्सेकले उपलब्ध गराएको तथ्याङ्क सहितको प्रतिवेदनले राजनीतिक पार्टीलाई पनि आफ्नो बैठकहरुमा छलफल गर्ने आधार हुने उनको भनाई छ। इन्सेकको प्रतिबेदनले जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा प्रष्ट हुने भन्दै उनले मानव अधिकारको विषय विश्वव्यापी र सबैकालागि भएको हुँदा राज्यले यसमा विभेद गर्न नहुने बताए ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक विश्वनाथ बास्तोलाले संविधानप्रदत्त अधिकार कार्यान्वयन नहुनु पनि मानवअधिकार हनन् हुने हुँदा त्यसतर्फ पनि वर्ष पुस्तकमा उल्लेख गरिनुपर्ने बताए । उनले भने, ‘उपचार नपाएर नागरिक मरिरहेका छन्, त्यस्तै पढ्ने खर्च जुटाउन नसकेर वर्षेनी लाखौं विद्यार्थीहरुले पढाइ छाडिरहेको हुँदा त्यसलाई पनि मानवअधिकार हनन्को रुपमा बुझ्नु पर्छ ।’

मानवअधिकार निगरानी समुह तनहुँकी सदस्य बसुन्धरा घर्तीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल बार एसोसियसनका अध्यक्ष डम्बरदेव हड्खले, पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल, पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष ओमकार आचार्य लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker