एमाले तनहुँद्वारा सम्मान
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले केन्द्रीय कमिटी तथा प्रदेश कमिटीमा निर्वाचित एवं मनोनित हुने सदस्यहरुलाई सम्मान गरेको छ। पार्टी अध्यक्ष केदार सिग्देलको अध्यक्षतामा विहीबार पार्टी कार्याल्यमा आयोजित कार्यक्रममा प्रदेश तथा केन्द्रीय कमिटीका सदस्यहरुलाई सम्मान गरिएको हो ।
केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य टुकराज सिग्देलले प्रदेश कमिटीमा मनोनित रामचन्द्र उपाध्याय, हरि पाण्डे, देवीवहादुर वस्नेत, देवु विष्ट, कृष्णराज ढकाल, श्यामराज महत, सुर्य वहादुर गुरुङ्ग (सुरज) धर्मराज खनाल, विश्ववन्धु भण्डारी, उपेन्द्र देवकोटा, इन्द्र वहादुर कुवँर, राम वहादुर गुरुङ्ग, हर्क गुरुङ्ग, ममिम मिया, उत्तमप्रकाश पण्डित, सिताराम वजगाई, होम थापा, मोहम्मद सफिक मिया, खिलवहादुर राना, उमाकुमारी हमाललाई वधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
यस्तै, कार्यक्रममा नेकपा (एमाले) दशौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित किरण गुरुङ्ग, टुकराज सिग्देल, भगवती न्यौपाने, सविता रसाइलीलाई समेत सम्मान गरिएको थियो । दशौ राष्ट्रिय महाधिवेशनका क्रममा प्रतिनिधी छनौटका लागि गठित शिवदत्त ढकाल संयोजक र त्रिभुवन श्रेष्ठ सचिव सहित ११ जना सदस्यलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।
बैठकले जिम्मेवारी थप गर्नुपर्ने नेता तथा कार्यकर्ताको विवरण एक हप्ता भित्र संकलन गर्ने निर्णय गरेको छ । मदन आश्रति स्मृति भवन मर्मत सुधारका लागि अध्यक्ष केदार सिग्देलको संयोजकत्वमा निर्माण समिति गठन गरेको उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ जानकारी गराए ।










