पत्रकार सहित तनहुँमा १३ जना नयाँ कोरोना संक्रमित थपिए, ११२१ संक्रमित मध्ये ७१६ जना निको भए

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँमा शुक्रबार एक जना पत्रकार सहित १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराले सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिकाका १०, म्याग्देमा २, शुक्लागण्डकीमा १ जना नयाँ संक्रमित थपिएका हुन् ।
व्यास नगरपालिकाका ४८, ३९, ४१, ४९, ३५, ३४, ५२, ६५, ३६ र २४ उमेर समुहका छन भने म्याग्देमा ३२, ५२ र शुक्लागण्डकीमा २७ वर्षीयमा संक्रमण पुष्टि भएको छ ।
यस्तै, जिल्ला स्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा हालसम्म १ हजार १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ७१६ जना निको भएर घर फर्किएका छन् भने ३९० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराएका छन् ।
त्यस्तै, कोरोना संक्रमणका कारण तनहुँका एक पुरुषको शुक्रबार पोखरामा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले सार्वजनिक गरेको विवरण अनुसार तनहुँको म्याग्दे गाउँपालिका-४ का ५१ वर्षीय पुरुषको शुक्रबार विहान गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई ३ मंसिरमा कोरोना संक्रमण देखिएको थियो । यी सहित तनहुँमा कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या १६ पुगेको छ ।










